सामाजिक पढुँ की अँग्रेजी ?

सर तपाईले अघि सोसिएल पिरिड्मा व्वीच हुन्न, यो अन्धविश्वास हो भन्नुभएको होईन ? म अगाडि हेन्सल एण्ड् ग्रेटलका स्टोरि पढाइ रहेको बेला एक जना विद्यार्थी जुरुक्क उठेर सोध्यो । उस्का आँखामा कौतुहलताको भाव झल्किरहेको थियो ।

घरि मेरो मुखमा त ! घरि आफ्नो कितावमा ! घरि आफ्नो कितावमा त ! घरि मेरो मुखमा हेरि रहेको थियो प्रश्न गरेको विद्यार्थी । ऊ अच्चममा परेको जस्तो देखिन्थ्यो । म भने पढाउन भनि गएको टिचर न परे । विद्यार्थिले सोथेको प्रश्नको उत्तर त दिनै प¥यो ।

मैले उस्को प्रश्नको जवाफ दिने प्रयास गरे तर मुखमा केहि जवाफ आएन । अनि भने बावु यो कथा हो, कथा काल्पनिक हुन्छ् । त्यसैले कथामा जे पनि हुनसक्छ् भने र ल अब तिमि बस् भने । ऊ पनि मुख अमिलो बनाउदै बस्यो । जुन जवाफ दिने मान्छे म स्वयम मलाई त चित्त बुझेको थिएन । प्रश्न सोध्नेलाई कसरि चित्त बुझ्थ्यो ।

सन्र्दभ हो,२ वर्ष पहिलेको जति वेलामा म एउटा वोर्डिङ्ग स्कुलमा पढाउन जान्थे । म कक्षामा १२ को परिक्षा दिएर बसेको थिए । म कक्षा ५ सम्म वोर्डिङ्ग पढेको स्कुल कैलालिको दातारि इङ्गलिस मेडियम स्कुलमा पढाउने अवसर पाइयो । गाउँ तिरका वोर्डिङ्ग प्राय यस्तै हुन् +२ तथा ब्याचलरका विद्यार्थी नै वोर्डिङ्ग स्कुलका शिक्षक हुन्छन् ।

म पनि कक्षा १२ को परिक्षा दिएर खालि थिए । त्यतिवेला मलाई आफैले पढेको स्कुलमा पढाउने मौका मिलेको थियो । मैले कक्षा १ देखि कक्षा ३ सम्म सोसल  र इङ्गलीस  पढाउने जिम्मा पाए । सामाजिक मेरो मन पर्ने विषय अनि साथै अङ्गे्रजि पनि घरमा तयारि गरिगरि विद्यार्थीलाई जे होस पढाउथे ।

म क्लास थ्री को कक्षा शिक्षक थिए । फष्ट पिरियड सोसियल थियो । मेरो क्लास थ्री मा आज । सोसियलको पढाउन पर्ने लेसन एट् थियो । लेसन एट् मा सोसियल प्रोबलम्स भन्ने लेसन पढाउन पर्ने थियो । ह्वाईट वोर्डमा लेसन एट् सोसियल प्रोबलम्स लेखे ।

यस लेसनमा नेपालि समाजका विभिन्न समस्याका बारेमा लेखिएको छ । विषेश गरि छुवाछुत , बोक्सि , छाउपडि , धामि÷झाँक्रि जस्ता अन्धविश्वासको उपचले हाम्रो समाज थिचोरिएको देखिन्छ । मैले पनि ती कलिलो दिमागमा यो अन्धविश्वासका विरुद्ध केहि थप थाप गरेर विद्यार्थीलाई पढाए भने यो धामि÷झक्रि, बोक्सि ,छाउपडि जस्ता यि सब हाम्रो समाजका समस्या हुन् ।

यसमा केहि पनि सत्यता छैन भनि निकै रोचक ढङ्गले पढाए । उनिहरुले पनि चुपचाप सुने । यसरि पढाउदै थिए टिन टिन दुई चोटि घण्टी बज्यो अनि म क्लासबाट निस्किए र आफ्नो दोस्रो घण्टी पढाउन क्लास वान तिर दौडिए ।

यसै गरि क्लास थ्री मा मैले फेरि जानु पर्ने पाँचौ घण्टीमा इङ्गलीस पढाउन । पाचौ घण्टी हाफ टिफन पछि थियो । हाफ टिफिनको समय सकियो । स्कुल अगाडिको चौर खालि देखियो । सबै विद्यार्थी आफ्नो आफ्नो कक्षामा गएकाले अब मैले फेरि जान पर्ने त्यहि कक्षा थ्री मा नै थियो ।

अङग्रेजि विषय पढाउन म एक हातमा कक्षा थ्री को इङ्गलीस किताब बोकेर क्लास थ्री मा गए । आज मैले पढाउन पर्ने यूनिट सिक्सको कथा हेन्सल एण्ड ग्रेटल पढाउन पर्ने थियो । आज कथा पढ्ने पालो भएकाले विद्यार्थीका बिचमा आज धेरै खासखुस चलेको थिएन ।

सबै चुपचाप थिए । मैले त्यसैगरि ह्वाइट र्वोड्मा अलि ठूलो अक्षरमा यूनिट सिक्स हेन्सल एण्ड ग्रेटल लेखे । र सुरु गरे कथा हेन्सल एण्ड ग्रेटल वान्स वपन अ टाइम एउटा देशमा राजा र रानि बस्थे । उनिहरुका एउटा राजकुमार र एउटा राजकुमारि थिए ।

जुन राजकुमाको नाम हेन्सल र राजकुमारीको नाम ग्रेटल थियो । राजा रानिले हेन्सल र ग्रेटललाई असाध्यै माया गर्थे । उनिहरु निकै खुशि थिए । रानि भने सामान्य रोगि थिइन । तर उक्त सामान्य रोगले च्याप्दै गएपछि अन्ततः रानिको मृत्यु हुन्छ ।

अनि उक्त देश रानि बिहिन भए पछि प्रजाले राजालाई रानि बिना राजकाज चलाउन गाह्रो हुने कुरा गरेपछि राजाले अर्को विवाह गर्छन । नयाँ रानिले केहि दिन हेन्सल र ग्रेटललाई माया गरेता पनि पछि गएर रानिले राजासँग ति हेन्सल एण्ड् ग्रेटललाई जङ्गल छोड्न भनि बाध्य पार्छिन । अनि बाध्य भएर राजाले पनि हेन्सल एण्ड ग्रेटललाई जङ्गलमा छाड्न लगाउछन् ।

राज दरबारमा रमेका यि राजकुमार राजकुमारि अनकण्टार जङगलमा अत्तालिन्छन , भौतारिन्छन । भौत्तरिदै जादा बिच जङगलमा एउटा सुन्दर घर देखिन्छ् । भोक र प्यासले अत्तालिएका उनिहरु त्यो घर तिर जान्छन् । घरभित्र जादा त लामा–लामा नङ्ग्रा भएकी दाँत अगाडि भएकी एक अनौठि आइमाई देखा पर्छ । त्यो आइमाइले ति बालकलाई आफ्नो अधिनमा लिन्छे । त्यो आइमाई त बोक्सि पो रहिछे ।

अब त्यो आइमाइले ती नाबालकलाइ खाने योजना बनाँउछे । मैले यो कथा भन्दै गर्दा यत्तिनै बेला पछाडिबाट ९÷१० वर्षको विद्यार्थी उठेर सोधेको थियो । “सर तपाईले अघि सोसियल प्रियडमा व्वीच ९धष्तअज० हुन्नन्, यो अन्धविश्वास हो भनेर पढाउनु भएको होइन ?” म नाजवाफ भएको थिए । त्यतिबेला मैले कस्तो पठ्यक्रम पढाई रहेको छु, कलिला मस्तिष्कलाई भनि सोचे ।

मैले भोलिपल्टै त्यो वोर्डिङ्ग स्कुलमा पढाउन छाडे । यो हेन्सल एण्ड् ग्रेटलको कथा कलिला मस्तिष्कले पढ्ने पाठ्यक्रममा मात्र होइन माध्यामिक स्तरका पाठ्यक्रम देखि उच्च शिक्षाका पाठ्यक्रममा पनि यस्ता खालका अनेक कथा प्रसंगहरु देखिन्छन् । एकाइसौ शताब्दिको आधुनिक टेक्निकल जमनामा हामिले कस्तो शिक्षाको प्रयोग गरि रहेका छौँ । सोच्न जरुरि देखिन्छ भन्ने लाग्यो मलाई ।

नेपाल सरकारले कानुनि रुपमा कोहि कसैलाई बोक्सिको आरोप लगाए कानुनि दण्ड सजायको व्यवस्था गरेको छ । साना बालबालिकालाई कथा कविता मार्फत यस्तो खालको शिक्षा दियौ भने भोलि उनिहरुबाट प्राप्त गर्ने नतिजा कस्तो खालको हुने भन्ने हामिले सोच्न जरुरि छ ।

त्यसैले अब हामिले नयाँ पुस्तालाई उत्पादनको दिशातर्फ अग्रसर गराउन जरुरि देखिन्छ् र हाम्रो शिक्षा पनि त्यँहि किसिमको शैक्षिक पाठ्क्रम समय अनुसार परिर्वतन गर्नु पर्ने आवश्यक देखिन्छ् ।