सेमेस्टर प्रणालीमा देखिएका समस्या

परीक्षा र मूल्याङ्कन

सेमेष्टर प्रणाली के हो ?

आजको २१ औं शताब्दीमा शैक्षिक कार्यक्रमलाई समय सापेक्ष रुपमा परिमार्जन गरी विश्व वजारमा प्रतिस्प्रर्धी गर्ने क्षमतावान तथा दक्ष नागरीक निर्माण गर्न हरेक विश्वविद्यालय सामु चुनौती थपीएको छ । विभिन्न समस्याको बाफजुत विभिन्न विश्वविद्यालयले आफुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा प्रमाणित गराई विश्वविद्यालयमा पहिचान गराउने जिम्मेवारी थपीएको छ ।

वर्तमान विज्ञान, प्रविधी एवम् सूचनायुक्त आधुनिक समाजलाई उच्च शिक्षामा लैजान, समाजलाई सुधारगरी चेतना प्रदान गर्ने जिम्मेवारी छ । विश्वविद्यालयका शैक्षिक कार्यक्रमले देशको विकासका लागि आवश्यक पर्ने साधारण देखि प्राविधिक क्षेत्रका जनशक्ति उत्पादन गर्नुका साथै समाज उपयोगी नविनतम खोज तथा अनुसन्धानका कार्यहरु निरन्तर गरिरहेको छ । राज्यले शिक्षा क्षेत्रको लगानीलाई तत्काल के फाइदा र के बेफाइदा हुन्छ भनेर नतिजा हेर्ने भन्दापनि शिक्षित जनशक्तिलाई मानव संसाधनको रुपमा हेिरनु पर्दछ । यसले दिर्घकालिन रुपमा समग्र देशविकासको सूचकलाई सकारात्मक बाटोमा लैजान्छ ।

विदेशमा गएर अध्ययन गरेका तथा त्रि.वि. मा अध्ययन गरेका तथा अन्ने केहि विश्वविधालयमा अध्ययन गरेको बाहेक अधिकांस जनशक्ति सेमेष्टर बारेमा अनभिज्ञ छन् । शिक्षक एवम् क्याम्पसका पदाधिकारीहरुलाई अभिमुखीकरण गरिनु आवश्यक तथा अनिवार्यता छ । हाल सेमेष्टर भनिएतापनि पाठ्यक्रम, प्राध्यापन तथा मूल्याङ्क विधि वार्षिक परीक्षा प्रणाली भन्दा निकै फरक छ । सेमेष्टर के हो ? कार्यक्रम किन आवश्यक छ ? क्रेडिटआवर के हो ? गे्रडीङ् प्रणाली के हो ? पाठ्यक्रम कस्तो हुनु  पर्दछ ।

Term Paper कसरी लेखाउने ? प्रस्तुतीकरण कसरी गराउने ? शोधकार्य कसरी गराउने ? प्रश्नपत्र कस्तो हुनुपर्दछ ? प्रश्नपत्रको मोडरेशन कसरी गर्ने ? संपरीक्षण कसरी गर्ने ? आदि विषयको स्पष्ट खाका नै सेमेष्टर प्रणाली शिक्षण हो । शैक्षिक प्रणालीको मर्म अनुसार सञ्चालित हुने हो भने सेमेष्टर प्रणालीलाई धेरै तरिकाबाट उत्तम मान्न सकिन्छ ।

नियमित गृहकार्य, आन्तरीक परीक्षा, कक्षाकार्य, नियमित हाजिरी रेकर्ड, समय–समयको एकाई, मासिक एवम् आन्तरीक परीक्षाको कारण विद्यार्थीहरु अध्ययन कार्यमा व्यस्त रहने, खोज अनुसन्धान गर्ने, प्राध्यापक तथा विद्यार्थीहरु विच प्रत्येक दिन अन्र्तक्रिया हुने तथा विद्यार्थीहरुको नियमितता नै सेमेष्टर प्रणाली हो ।

प्राध्यापक संगसंगै र सधै सिक्ने सुनौलो मौका प्राप्त गर्ने, विद्यार्थीको नियमित रुपमा मूल्याङ्कन हुने वातावरणले गर्दा विद्यार्थीहरु अनुशासित र सधैं पढाईमा अहोरात्र रहने गर्दछन् । किनकी वार्षिक परीक्षामा जस्तो वर्षभरीको पढाई गरी वर्षको अन्तमा एकैपटक परीक्षाको बोझ बोक्ने वातावरण हुदैन । पाठ्यक्रममा क्रेडिटआवर उल्लेख गरिने भएकाले तोकिए अनुसारको क्रेडिट पूरागर्नुपर्ने अवस्था रहन्छ ।

सेमेष्टर प्रणालीमा ६ महिनाको एक शैक्षिकसत्र हुन्छ भने वार्षिक परीक्षामा १२ महिनाको हुन्छ । यस प्रणालीको सैद्धान्तिक अवधारणाको कुरागर्दा ६ महिनामा भर्ना, पढाई एवम् आन्तरीक, तथा बाह्य परीक्षाको परीणाम सम्मका कामहरु सकेर सातौं महिनामा अर्को सेमेष्टरको सुरुवात हुने काम हुन्छ । यस प्रणालीमा साधारण विषयहरुमा ४० प्रतिशत आन्तरीक मूल्याङ्कन गरिन्छ भने ६० प्रतिशत छ भने प्राविधिक तर्फ ५० प्रतिशत आन्तरीक र ५० प्रतिशत बाह्य मूल्याङ्न गर्ने प्रावधान छ । जसबाट विद्यार्थीहरुमा सुधारात्मक, उपचारात्मक एवम् निदानात्मक मूल्याङ्कन प्रक्रियाहरु अवलम्बन गरी निर्णयात्मक मूल्याङ्कनमा महत्वपूर्ण फाइदा पुग्दछ ।

प्रवेश परीक्षा र भर्ना

सेमेष्टर प्रणालीमा वर्षमा एकपटक नयाँ विद्यार्थीको भर्ना लिइन्छ । यसका लागि सम्बन्धित अध्ययन संस्थान वा संकायले निर्धारण गर्दछ । विश्वविद्यालयको डिन कार्यालयले स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुनका लागि विद्यार्थीको आधारभूत क्षमता जाँचगर्न प्रवेश परीक्षा लिने गर्दछ ।

यसको लागि सम्बन्धित क्याम्पसमा गई प्रवेशपरीक्षा अनिवार्य दिने प्रावधान छ । विद्यार्थीहरुको भर्ना प्रवेश परीक्षाको शैक्षिक विशिष्टताका आधारमा गर्ने व्यवस्था छ । विद्यार्थीको खुल्ला प्रतिस्प्रर्धाका आधारमा असी प्रतिशत र बाँकी वीस प्रतिशत समावेशी कोटाको आधारमा गर्ने प्रावधान छ ।

शैक्षिक कार्यपात्रो

विश्वविद्यालयका विभिन्न संकायहरु शिक्षा, व्यवस्थापन, मानविकी तथा सामाजिक, विज्ञान र प्रविधी हाइड्रो इञ्जिनीयरीङ् जस्ता कैयन संकाय र विषयको शैक्षिक क्यालेन्डर कार्यान्वयन गरी सबै संकायको स्नातक भर्ना र स्नातकोत्तर तहको कार्यपात्रो अनुसार रहने प्रावधान छ ।

शैक्षिक भार

स्नातक तहको पाठ्यभार ३ क्रेडिट आवर प्रतिविषय छ । यस प्रणालीमा प्रतिपाठ्य घण्टा बरावर १६ कक्षा घण्टा हुन्छ । अन्तराष्ट्रिय प्रचलन अनुसार एक सेमेष्टर पाठ्यघण्टा भनेको सैद्धान्तिक विषयमा १६ घण्टा लेक्चर र ३२ घण्टा गृहकार्य गरी ४८ घण्टा कार्य र प्रयोगात्मक विषयमा ४८ घण्टा प्रयोगशालामा सुपरिपेक्षण भनी उल्लेख गरिएको छ । एक सेमेष्टर एक विषय ३ पाठ्यघण्टाको हुन्छ । एक प्राध्यापकले दुई सेमेष्टरमा ९ पाठ्यघण्टा कार्यभार लिने प्रावधान छ । यस अनुसार एक वर्षमा १४४ कक्षाभार हुन्छ ।

अध्ययन विधि

अन्तर्रक्रियात्मक विधी, व्याख्यान विधी, सहभागीतामुलक विधी, कार्यपत्र लेखन, कक्षाकार्य, समूहकार्य, प्रस्तुतीकरण, प्रयोगात्मक कार्य, परियोजना कार्य जस्ता विभिन्न विधिहरुको प्रयोग गरीन्छ । विद्यार्थीहरुको हाजिरी सम्बन्धमा ८० प्रतिशत हुने प्रावधान छ । अध्ययनको अवधि स्नातकोत्तर तहको ४ र स्नातक तहको ८ सेमेष्टर हुन्छ । ४ सेमेष्टरका लागि २४ महिना र ८ सेमेष्टरका लागि ४८ महिनाको समय हुन्छ ।

परीक्षा र मूल्याङ्कन

विद्यार्थीहरूको आन्तरिक मूल्याङ्कन यथार्थभन्दा पर छ। कक्षा क्रियाकलाप, प्रेसी अनुसन्धानमूलक लेख आदि नाम मात्रका छन् तैपनि आन्तरिक अङ्क प्रशस्त दिएर पठाइन्छ। त्यो अङ्क बोर्ड परीक्षाको नतिजामा जोडिएर आउँछ जसले गर्दा गोलमटोलको अवस्था सिर्जना भएको छ।

राम्रा विद्यार्थीहरूलाई उत्साह दिन सकेको छैन। बोर्ड परीक्षा प्रश्नपत्र निर्माण गर्दा विशिष्टीकरणको अभाव कायमै छ। ठोस उत्तर दिने खालको भन्दा पनि पाना भर्नुपर्ने खालका प्रश्नहरू आइराखेका छन्। जसले गर्दा औसत अङ्क ल्याउने विद्यार्थीहरू बढी छन्। राम्रा विद्यार्थीहरू राम्रो देखिन सकेका छैनन्। अर्कोतर्फ बोर्ड परीक्षा अगाडि केही विषयहरूमा विद्यार्थीलाई नमुना प्रश्नका रूपमा दिइएका प्रश्नहरू नै बोर्ड परीक्षामा दोहोरिएका घटना छन्।

यस प्रकारको अप्रत्यक्ष पूर्वाग्रहको लाभ प्रायः केन्द्रका विद्यार्थीहरूले मात्र पाउने कारणले केन्द्र र अन्य स्थानको परीक्षा नतिजामा फरक देखिएको छ। यसले विश्वविद्यालयको भविष्य निश्चय नै अन्धकारतर्फ लैजाँदै छ। आफैँले पढाएका विद्यार्थीहरूको पुस्तिका परीक्षण गर्न पाउने हुँदा परीक्षण पूर्वाग्रही ढङ्गबाट भएको नतिजाहरूले पुस्टयाएको छ। सबै प्राध्यापक र विषयहरूमा यो अवस्था पक्कै हैन तर थोरै पूर्वाग्रही प्राध्यापकहरूको हर्कतका कारण यो अवस्था आएको छ। यसको तत्काल छानबिन र कारबाही हुनुपर्दछ।

परीक्षा डीन कार्यालयले लिन थालेपछि परीक्षासम्बन्धी अनुभवी कर्मचारीको अभावले गर्दा प्रशस्त मानवीय गल्ती भेटिएका छन्, नतिजा प्रकाशनमा ढिलाइ जस्ता कमजोरी टड्कारो रूपमा देखिएका छन्। यी पक्षहरू क्रमशः सुधार हँुदै जाने अपेक्षा छ।

वास्तवमा सेमेस्टर प्रणाली वार्षिक प्रणालीको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गर्ने क्रममा धेरै हदसम्म राम्रो छ। यसले पढ्ने र नपढ्ने विद्यार्थीका बीच कित्ता छुट्याएको छ। विद्यार्थी र स्वयं प्राध्यापकहरूलाई समेत पढ्ने बानीको विकास गराएको छ। जसले आधुनिक ज्ञानको नवीकरण मात्र गरेको छैन, पठन पाठनमा प्रोजेक्टरको प्रयोग र विद्यार्थीको सहभागिता समेत बढाएको छ। प्राध्यापक र विद्यार्थीहरूबीच सम्बन्ध थप प्रगाढ बनाएको छ। एमफिल र विद्यावारिधि गर्ने विद्यार्थीहरूको लागि प्रशस्त आधार खडा गरेको छ। यद्यपि विद्यमान कमीकमजोरीहरू प्रशस्तै छन् र तत्काल सुधारको खाँचो छ।

विद्यार्थीहरुको क्षमता परीक्षणका लागि निरन्तर मूल्याङ्कन प्रणालीको प्रावधान छ । मूल्याङ्कन आन्तरिक तथा सेमेष्टर अन्तिम सत्रान्त परीक्षाबाट गरिन्छ । यसका लागि प्रत्येक सैद्धान्तिक पाठ्यभारको आन्तरिक मूल्याङ्कनको भार साधारण विषयतर्फ ४० प्रतिशत र प्राविधिक विषयमा ५० प्रतिशत र बाह्य परीक्षा ६० र ५० प्रतिशत भार क्रमशः व्यवस्था छ । विद्यार्थीहरु आन्तरिक एवम् बाह्य दुबै परीक्षामा पास हुनुपर्दछ । यसको उत्तिर्णाङ्क ५० प्रतिशत राखिएको छ । आन्तरिक परीक्षा पाठ्यक्रम र विषयबस्तु अनुकूल तीन देखि पाँचपटक सम्म गर्नुपर्दछ ।

उच्च शिक्षाको शासिकय संयन्त्रमा सुधार गर्ने अधिकार सम्पन्न उच्चशिक्षा आयोग गठनगर्ने, विश्वविद्यालयको प्राज्ञिक स्वायता तथा स्वतन्त्रतामा कुनै असर नपर्ने गरी सरकारले नियम तथा नियन्त्रण प्रणालीे अवलम्बन गरिनु पर्दछ । प्राविधिक तथा रोजगारमूखी शिक्षाको विस्तार, नयाँ संस्थाको निर्माण, अनुकुलका संयन्त्रहरु, शासकिय प्रणालीमा परिवर्तन गरी शिक्षालाई सीपसँग, सीपलाई श्रम्सँग, श्रम्लाई रोजगारी–उत्पादन–व्यावसाय, उत्पादनलाई समृद्धिसँग जोडने गरी हाम्रो शिक्षा प्रणाली तथा नीतिलाई अग्रगामी दिशानिर्देश गरिनुपर्दछ ।

उक्त प्राविधिक जनशक्ति उत्पादनमा पनि समाजविज्ञान, सामाजिक–व्यवावहार आचरण, नैतिकता, सामुहिक जीवनशैली जस्ता कुरामा विशेष ध्यान दिनेगरी शिक्षा तयार गर्नुपर्दछ । विद्यालयमा अनुकुल वातावरण निर्माण गरी स्वस्थ, स्वच्छ, सफा हरित सृष्टिमा भावी पुस्ताको अधिकार स्थापीत गर्नका, लागि शिक्षाको माध्यामबाट बृहत हरियाली कार्यक्रमको सञ्चालनमा जोड दिनुपर्दछ ।

शिक्षालाई विद्यालय चौघेराभित्र सिमित नराखि समुदायसँग जोडेर राष्ट्रिय विकासको सवाहक बनाउनुपर्दछ । त्यसकारण समुदायमा आधारित परियोजना, खोजअनुसन्धान अध्ययन, नव प्रवर्तनजस्ता सिकाइका तरिकाहरु शिक्षाले प्रदानगर्न सक्नुपर्दछ । किनकी हिजो हामी शिक्षण केन्द्रित थियौ तर आज सिकाइ केन्द्रित शिक्षकले शिक्षण गरी सहजीकरण गर्ने, बालबालिकाको सिकाइलाई सुनिश्चित गर्ने, सिक्नका लागि सिकाउने, निर्मावादी चिन्तनमा जोडदिने, खुल्ला प्रविधि भित्री सिकाइमा जोड दिनेकाम गर्नुपर्दछ ।

ज्ञान सीप तथा सूचनाका असिमित साधनहरुको उच्चतम प्रयोग गरी शिक्षा भित्रको विभेिदकरणको अन्त्य ेगदै नकारात्मक प्रभावहरुको निर्मूलतागरी सकारात्मक चिन्तन प्रणालीमा जोड दिनुपर्दछ । शिक्षालाई समाजमा रहेका असमानता , दुव्यर्वाबहार, भेदभाव तथा अन्धविश्वासको अन्त्य गर्नेकाम गर्नुपर्दछ । जसले निम्नकुराहरुमा जोड दिन्छ ।

त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा सेमेस्टर प्रणालीबाट पठनपाठन वि सं। २०३० को दशकको अन्त्यदेखि केही वर्ष लागू गरेर व्यावहारिक कठिनाइ देखाउँदै फेरि वार्षिक प्रणालीतिर फर्कियो। प्रशस्त गृहकार्य नगरी एकाएक प्रणालीमा परिवर्तन गर्दा त्यसबाट हुन आउने सकारात्मक नकारात्मक प्रभावबारे स्वयं योजनाकारहरू नै अनभिज्ञ भएका कारण यो प्रणाली लामो समय टिक्न सकेन।

सेमेस्टर प्रणाली भनेको मात्र बोर्ड परीक्षा ६।६ महिनामा लिने भन्ने अधुरो बुझाइ, तत्कालीन अवस्थाको विद्यार्थीको सङ्ख्यात्मक चाप, सेमेस्टर चलाउन पुग्ने जनशक्तिको अभाव, प्रणालीको विभिन्न पक्षको बहस विशलेषणको अभाव, आन्तरिक मूल्याङ्कन पद्धतिमा विद्यार्थीको हस्तक्षेप आदिका कारण त्रि।वि। सेमेस्टर प्रणालीबाट पुनः वार्षिक प्रणालीमै फर्केको थियो।

लामो समयको पैरवीपछि त्रिविले पुनः सेमेस्टर प्रणालीको आवश्यकता महसुस ग¥यो र सुरुमा केन्द्रीय क्याम्पस कीर्तिपुरबाट सेमेस्टर प्रणाली पुनः सुरु ग¥यो। अर्को वर्ष उपत्यकाका क्याम्पसहरू र गतवर्षबाट नेपालभरिका सबै स्नातकोत्तर तहमा यस प्रणालीबाट पठनपाठन हुँदै आइरहेको छ। यस प्रणालीमा प्राध्यापक र विद्यार्थी दुवै पक्षले गहिरो अध्ययन र मेहनत गर्नुपर्ने हुन्छ। प्राध्यापक विद्यार्थी दुवै पक्ष यस प्रणालीमा अभ्यस्त भइनसकेको सन्दर्भमा यसप्रति दुवै पक्षमा एक प्रकारको सन्त्रास थियो।

त्यसैले केन्द्रीय क्याम्पसमा यो प्रणाली सुरुमा लागू गर्दा त्यहाँ विद्यार्थी भर्ना कम भयो। अर्को साल उपत्यकाभरि सेमेस्टर प्रणाली लागू गर्दा उपत्यका नजिकका स्नातकोत्तर चलेका कलेजहरूमा विद्यार्थीको चाप थामी नसक्नु भएको थियो। अहिले पनि राजनीतिशास्त्र लगायत केही विषय वार्षिक प्रणाली अनुरूप नै सञ्चालित छन्।

यसले सेमेस्टरबाट भाग्न चाहने विद्यार्थीहरूलाई सजिलो त भएको छ तर अझै दोहोरो प्रणाली एउटै बिश्वविद्यालय भित्र लागू भइरहँदा व्यावहारिक झन्झट त छँदैछ, अध्ययनपछि प्राप्त प्रमाणपत्रको विश्वसनीयतामा समेत शङ्का गर्ने अवस्था छ।

सेमेस्टर प्रणालीमा विद्यार्थीको कम्तीमा ८० प्रतिशत हाजिर हुनुपर्ने, प्रेसी लेख्नैपर्ने, सहभागीमूलक कक्षा हुनुपर्ने, अनुसन्धानात्मक लेख लेख्नुपर्ने जस्ता बाध्यताले येनकेन पढ्छु भन्नेहरू र जागिरदार विद्यार्थीहरूलाई अत्यन्त असहज बनाएको छ। अर्कोतिर स्नातकोत्तर तह सबै विद्यार्थीको लक्ष्य हुन सक्दैन भन्ने कुरा पनि दर्शाएको छ। तर यसले शैक्षिक गुणस्तर उकास्नमा विशेष राखेको छ। मुस्किलले १०–१५ प्रतिशत नतिजा दिनसक्ने त्रि।वि।मा सेमेस्टरको नतिजामा उल्लेख्य सुधार भएको छ। मूलतः यसले प्राध्यापक विद्यार्थी दुवैमा पढ्ने बानीकोविकास गरेकोछ। तर त्रिवि सेमेस्टर प्रणाली अन्तर्गत व्यावहारिक समस्या देखिन्छन्।

पाठ्यक्रम,पाठ्यपुस्तक

वार्षिक प्रणाली अन्तर्गत चलिरहेको अवस्थाबाट सेमेस्टर प्रणालीमा परिवर्तन गर्दा थुपै विषयमा त्यही वार्षिक अन्तर्गतको पाठ्यक्रमलाई आधा गरिएको छ। समय सापेक्षित पाठ्यक्रम छैन। केही विषयमा ज्यादै भद्दा पाठ्यक्रम छ। समयमा पढाएर सक्न हम्मेहम्मे पर्छ।

नेपाली भाषामा लेखिएको पुस्तकको सारांश पढेर स्नातक पास भएको विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको वास्तविक पुस्तक पढ्न सजिलो छैन, त्यसमा पनि लामा लामा आलेखहरू। नेपाली भाषामा लेखिएको पाठ्यपुस्तकको अभाव छ। कतिपय विषयमा विभागहरूले विद्यार्थीको पठन सामग्रीबारे स्पष्ट पारेका छैनन्।

लेखक  बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर उप–प्राध्यापक हुनुहुन्छ ।