परिबन्धको घेराबन्दी र समयको चक्रब्युह !

कथाहरुको शिलशिला कसरी सुरु हुन्छ मलाई थाह छैन । यतिबेला लागिरहेछ म आफनै जिन्दगीको नजानिदाे फैसला गरिरहेछु । मान्छेहरु सोच्दा हुन पैसा सबैथोक हो । धन दौलत भए सबै हुन्छ । कहिलेकाँही त लाग्छ पैसाको बिस्कुनमा मस्तसंग निदाउन पाए । पशुपतिनाथको ढोकामा माग्ने मगन्तेहरु सोच्दाहुन पैसा भन्दा ठुलो केहि छैन । मलाई लागिरहेछ सबैभन्दा ठुलो आत्मसन्तुष्टी हो । जो पैसा धन दौलत भन्दा कयौँ गुणा महंगो छ ।

अरे यार, जिन्दगी कसरी सन्तुष्ट हुन्छ ? हो यहि कुराको खोजीमा भौतारीरहेछ मान्छे । हर मान्छेमा हर प्रकारका सपना हुन्छन । खै ति सपनाहरु कति शाकार हुन्छन कति बेकार हुन्छन मलाई थाह छैन । अनि सपनाको आकार कस्ता हुन्छन । आकार हुन्छन कि हुदैनन होला हँ ? यी र यस्तै यस्तै गन्थनहरुको बिचमा निदाउछु हर रात कटाउछु यसरी नै ।

मानौँ श्रीमान स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको मा.वि स्थायी शिक्षक, श्रीमती अंगे्रजी बिषयको मा.वि स्थायी शिक्षक उनिहरु दुवैजना स्थायी भएको लगभग आधा दशक भैसकेको छ । उनिहरु आ–आफ्नै पेशामा खुशी र जिम्मेवारीका साथ लागिरहेका छन । दुबैजनाको आ आफनै सामाजीक जिम्मेबारी छ । यहि जिम्मेबारीले जिवन जिउने बाटो फराकिलो भएको छ ।

बिचमा जेठो सन्तानको रुपमा छोरीको जन्म भएको छ । घरमा लक्ष्मी भित्रिनु आफैमा खुशिको इन्द्रेणी झर्नु हो । परिवार खुशीका साथ अगाडी बढीरहेको छ । दुवै श्रीमान श्रीमती टाढाटाढा भएपनि श्रीमतीले जागिर र छोरीको स्याहार गरिरहेकी छन । हर अभिभावकका लागि सन्तान भन्दा अर्को ठुलो सपना हुदैन । सन्तान भन्दा अर्को कुनै खुशि पनि त हुदैन आखिर ।

हर मातापिताको चाह हुन्छ । आफनो सन्तान अरुको भन्दा केहि राम्रो होस उसले सिक्ने ज्ञान पनि उच्च सामाजिक होस । यस्तो लाग्छ सन्तानको पिडा आमाबुवाको लागि सबैभन्दा भयँकर पिडा हुन्छ । सन्तानको खुशि आमाबुवाको लागि सबैभन्दा ठुलो खुशि हुने गर्दछ ।

यहि र यस्तै कारणहरुका बिचमा यो सामाज अगाडि बढिरहेको छ ।

जब छोरी हुर्कदै गइन छोरी कुनै अन्य बच्चाहरु जस्तै व्यवहारमा देखा परिनन् । उनिहरुले छोरीलाई जब अस्पताल पुर्याए । तब डाक्टरले भने तपाईको छोरीलाई जीवन भरी पालन पोषण गर्ने मान्छे चाहिन्छ । अब भन्नुस सन्तानको खुशिमा घुमीरहेको जिवनको चक्रब्युह कसरी अगाडि बढछ । सन्तानको खुशि पहिल्याउने बेला आफनो कथा पहिल्याउन लागिन्छ ।

एकदिन अस्पताल पुग्दा डाक्टरको सल्लाहले थाह हुन्छ । त्यसपछि थाहा भयो छोरी पूर्ण रुपमा अपांग छन् भन्ने । धेरै अस्पतालहरु धाए, लाखौ खर्च गरे तर छोरीमा कुनै बदलाव आएन । शारीरिक र मानसिक रुपमा अपांग छोरीलाई स्याहार सुसार गर्दै शिक्षीका श्रीमतीले तीन बर्ष एक्लै बिताउछिन् । समस्या पछि समाधानको जन्म हुनुपर्नेमा समास्याकै उदय हुन्छ अनि मनमा जलन हुदोरहेछ । जब तीन बर्षमा छोरा जन्मियो । छोरा र छोरीलाई एक्लै उनले पालन पोषण र स्याहार सुसार गर्न निक्कै गाहृो भयो । एकातिर जागिर अर्कोतिर दुई सन्तान त्यसमा पनि एक अपागं यस्तो लागिरहेछ समयले जिन्दगीको परिक्षा लिई रहेछ ।

छोरीको पालन पोषण र शिक्षकको जिम्मेवारी सम्हाल्न पनि कठिनाई सृजना भयो । छोराछोरीको पालन पोषणका लागि हर प्रयत्न गरेँ सकियन । अँह समय जब पर्खाल बनेर उभिन्छ । केहि लाग्दैनरछ भोगाईका चौघेरामा थुनिनुको बिकल्प हुदैनरहेछ । त्यसपछि यसको एउटै समाधानको विकल्प थियो, दुवै जना पायक पर्ने एउटै स्कुलमा सरुवा हुनु । यसका लागि दरबन्दि खालि हुुनुपर्ने, बिषय मिल्नुपर्ने यी नियमले बाँधिएका कुराहरु थिए । जिन्दगी समास्याको घेराबबन्दीमा हुन्छ सामाज मुकदर्शक हुन्छ । यस्तै यस्तै भयो ।

देखिएका बिकल्प पनि अगेनोमा परेको नौनीको डल्लो जस्तै भए । पहिलो विकल्प श्रीमान पढाउने विद्यालयमा सामाजिक तथा विज्ञानको दरवन्दी खाली थियो,आशा थियो यो सामाजले न्याय देला  अँह त्यसाे पनि भयन । खाली भएको सामाजिक विषयमा पहल नचालेका पनि होइन तर त्यसमा नेपाली बिषयका शिक्षकलाई सरुवा गरियो । विज्ञान विषयको लागि पढाउने शिक्षकको व्यवस्था नभएका कारण त्यसमा सरुवा हुने सम्भावना झन भयन। त्यसपछि बिकल्पको ढोका बन्द भयो । यसबाट पहिलो विकल्प सकिसकेको थियो । दोस्रो विकल्प थियो श्रीमती पढाउने विद्यालयमा विज्ञान विषय र साविक उमाविका दरवन्दीहरु रिक्त रहेका थिए । समास्या सामाधनकाे अर्काे उपाय हुनसक्छ । नगर नमरकाे अबस्थामा परियाे । त्याे पनि हुन सकेन । यानकी कसेकाे गुलामी चाकडी पनि गर्न जानियन । 

पहिलो विकल्पको समापन पछि दोस्रो विकल्पलाई अंगालेर प्रक्रिया अगाडी बडाइयाे । श्रीमान पढाउने विद्यालय, वि.व्य.स गाँउपालिकाको शिक्षा शाखाले सहमति प्रदान गरिसकेको थियो । श्रीमती पढाउने विद्यालयले दुवै जनाको समस्या समाधान र विद्यालयमा विज्ञान विषय साविकको उमाविमा रिक्त रहेको दरबन्दिमा शिक्षकको व्यवस्थापन गरी विद्यालयमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषय शिक्षकको महशुश गरि विद्यालयले सरुवा भई आउनका लागि सहमती, गाँउपालिकाले तत्कालीन समस्या समाधान गरेपछि दरबन्दी मिलान हुदाँ हेरफेर गर्ने गरि सहमति दिइसकेको थियो । यसरी सबै तहबाट सहमति भैसकेपछि जिल्ला शिक्षा समन्वय इकाइले सरुवा गर्न सकेन किनकी त्यहाँ दरबन्दी परिवर्तन गर्नु थियो ।

यसाे भनुँ कैसलाई कसैको व्यक्तिगत पिडाको मतलव भएन । जसले जिल्ला शिक्षा समितिको निर्णयमा कुरा अड्कायो । कुरो जिल्ला शिक्षा समितिमा गयो तर निर्णय गर्न सकेन । ति नाबालक तीन महिनाको छोरा अनि अपांग छोरी अनि जागिर त्यो पनि एक जना पूर्व एकजना पश्चिम भेट्नका लागि दूई दिन लाग्ने यो पिडा शिक्षा इकाइ र शिक्षा समितिले बुझेन ।  दुवैको एकै ठाँउमा सरुवा नहुदाँ शिक्षण पेशामा बाधा, तथा छोरा र अपाँग छोरीको पालन पोषणमा ठुलो समस्या देखियो ।

यदि कसैलाई सरुवा गर्दा विद्यार्थीलाई हानी नोक्सानी हुन्छ भने त्यो सरुवा गर्नु गलत हो । तर विद्यालयले आवश्यक ठानी सरुवा सहमती दिदा सरुवा नगरिदिनु कुन नियम होला । राज्यले यस्ता जागिरे श्रीमान श्रीमतीका मर्म पिडालाई बुझेर उनिहरु सुहाँउदो कानुन निमार्ण गर्नु पर्दछ । ताकि उनिहरुका बालबच्चाहरुले आमाबाबुको माया पाउन, पालन पोषण पाउन अन्यथा मानव अधिकार, बाल अधिकार र अपांग अधिकारका कुराहरु अधुरा रहनेछन् । 

यति हुुदा समेत जिल्ला शिक्षा समितिले निर्णय गर्न सकेन या चाहेन तर कठिन संघर्षका साथ तयार पारिएका सहमतिका फाइलहरू कुनामा थन्किरहेछन । लाग्छ जिन्दगी जस्तै एकदिन ती फायल पनि धमेराले खानेछन ।

अन्तमा यस्तो लागिरहेछ यस्तै समास्याका भारी बोकेका जागिरे जिन्दगी कति होलान । यो सामाजले बुझेको होला की नाई सम्बन्धीत निकायको नजर पुगेको होला की नाइ । बहुत महंगो बनेर घाँटीमा अठिरहेछ यो प्रश्न । उत्तर खोजीरहेछु निरन्तर…………। 

लेखक श्री शिवपुरी मावि गर्खाकोट जाजरकोटका शिक्षक हुन ।