ढुक्क रहनुस पाँचबर्षमा पलाँताबासीलाई आत्मनिर्भर बनाउछु- अध्यक्ष बम पलाँता गाउँपालिका

हेर्नुस भिडियो

नेपालगञ्ज,कालिकोट पलाँता गाउपालिकाका अध्यक्ष लक्ष्मण बम कुनै बेला बिद्यार्थीका भरभराउदा युवा नेता हुन । अखिल क्रान्तिकारी कालिकाेटको दुईदुई पटक जिल्ला अध्यक्ष भैसकेका युवा नेता बम अहिले पलाँता गाउँपालिका अध्यक्ष छन । हरेक कुरामा खरो बिचार राख्ने बम केहि नयाँ गर्ने सोचमा छन ।

 

केहि समय अगाडि बेरोजगार युवालाई गाउँपालिकामै स्वरोजगार दिएर चर्चा कमाएका अध्यक्ष बम नमुना गाउँपालिका बनाउने दावी गर्छन । उनि ५ बर्षमा पलाँताबासीले अनुभुति हुने प्रकारको बिकास गराउने दावी गर्छन । कुसे सम्बादका लागि गएिको कुराकानी ।

कार्यक्रममा स्वागत छ यहाँलाई….

धन्यवाद….

१.पलाता गाउँपालिका कालिकोटको दुर्गम गाउपालिकाको रुपमा चिनिन्छ, यस्तो गाउंपालिकामा तपाई जस्तो युवाले मौका पाउनु भएको छ । तपाई लाई कस्तो अनुभुति भैराखेको छ ?

– एकदमै पलाता गाउंपालिका सवैले चिन्ने गाउपालिका हो । कर्णालीको एकदमै दुर्गम तथा पिछडिएको गाउपालिका हो । भोक शोकले ग्रसित गाउंपालिका हो । त्यस्तो गाउंपालिको नेतृत्वको जिम्मेवारी सम्मालदै गर्दा म अन्तरहृदयदेखी खुशी छु । किनभने मैले हरेक चुनौतीसंग लडने अबसर पाएको छु ।

२. तपाई जस्तो भर्भराउदो युवा जनताले पाएका छन् । तपाई जनतालाई के कुरामा बिस्वस्थ दिलाउनु हुन्छ कि लक्ष्मण वम पलातका गाउंपालिकाको लागी लागी योग्य छ ?

गाउपालिका मैले नेतूत्व लिदै गर्दा गाउपालिकाको प्रमुख समस्या भनेको स्रोत साधनको सही सदुपयोग र परिचालन प्रमुख समस्या हो । यि चिजहरु सही सदुपयोग र परिचालन भए भने त्यो पिडावाट गाउंपालिकालाई मुक्त गर्न सकिन्छ ।

३. तपाईका सुरुवाती कामहरु कस्ता रहे । अर्थात बितेका दुई वर्षसम्म के के गर्नु भयो ?

पहिलो प्राथमिकता हामीले शिक्षा, स्वास्थ र रोजगारीलाई लिएका छौ । त्यो भन्दा पनि शिक्षा क्षेत्रलाई अझ मजवुद बनाउनु पर्छ भनेर लगेका छौ । यसमा भौतिक संरचना देखी लिएर सामाजिक परिवर्तनका बिषयमा हामीले बिभिन्न क्रियाकलापका बिषयहरु सन्चालन गरेका छौ ।

जस्तै अग्रेजी माध्याममा सन्चालन गरेर निजी विद्यालयमाथी पहिलो बर्षमै बन्देज लगाएका छौ । यो गाउँपालकिाको अर्को उदहारणिय काम हो ।

४…. निजी विद्यालय माथी वन्देज किन लगाउनु भयो ?

शिक्षामा सरकारले अर्बौ रुपया लगानी गरीसको छ । यति हुदाहुदै पनि गरिव निमुखा जनताले शिक्षा किन्नु पर्ने अवस्था सिर्जना हुदैछ । यो दुखक कुरा हो । शिक्षा दुई किसिमको वनाईनु हुदैन भन्ने मेरो बुझाई हो । यदी शिक्षा अंग्रेजी नै हो भनेर चाहाने एक किसिमको बर्गलाई हामीले एघार वटा विद्यालयमा अग्रेजी माध्यामवाट पठन पाठन सुरुवात गरौ भन्ने हो । निजीकरणको बिरुद्ध विद्यार्थी आन्दोलनमा थुप्रै संघर्ष गरियो ।

साथै व्यावसायिक शिक्षाको लागी कम्प्युटर शिक्षा सञ्चालन गर्दैछौ । पुस्तकालय, खेल मैदान, कक्षाकोठा व्यावस्थापन नियमित शिक्षक र विद्याथी नियमितको कुरामा हामीले निश्चित विद्यालय छनौट गरेर हामिले एघार वटा विद्यालयलाई वनोट गरेका छौ ।

६. जे होस प्राथमिकतामा शिक्षा र स्वास्थ्य र रोजगारलाई राख्नु भएको छ ?

हजुर हो स्वास्थ्यमा समान पहुच हुनुपर्छ भन्ने हो । त्यसैकारणले हामीले ३५ जना स्वास्थ्यकर्मी परिचालन गरेर प्रत्यक वडामा जनस्वास्थ्य सेवा केन्द्र स्थापना गरेका छौ ।

अहिले प्रत्यक वडामा एक घण्टा स्वास्थ्य कर्मी पुगेर स्वास्थ्य अवस्था वुझने र जनचेतनामुकल कार्यक्रम सञ्चालन गर्ने गरेका छौ ।

साथै रोजगारको क्षेत्रमा बेरोजगार युवाहरुलाई खाडी र भारतमा गएर तडपिनु पर्ने तर भौतिक संचरना निर्माणको लागी आएको लाखौँ रकम अनियमितता हुने समस्या समाधान गर्न टेन्डर सिस्टम हटाएका छौँ ।

गाउँपालिकामा युवा कार्यदल निर्माण गरी युवालाई गाउंपालिकामा सम्पुर्ण भौतिक निमार्णका सम्पुर्ण कामहरु गर्न प्रत्यक युवालाई माशिक २४ हजार दिएर युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरेका छाैँ ।

हामीले यसको पहिलो चरणमा १०० जना दोस्रो चरणमा ५५ जना थपेर १५५ जना पुर्याएका छौँ । अब हामी १४५ जना थपेर ३०० जना पुर्याउदै छौँ यो मुलककै लागि दिएको हाम्रो सन्देश मुलक काम हो ।

७. यसको मापदण्ड कसरी वनाउनु भएको छ ?

हामिले छनोटको कार्यविधि र मापदण्ड बनाएका छाैँज । एकदमै जोस र जागर भएको युवा जो नेपालमा काम नपाएर बिदेशि पलायन हुने युवाहरु, पिछडिएको बर्ग र क्षेत्रका युवा र सहिद परिवारलाई पहिलो प्राथमिकतामा राखेका छौँ ।

८.तपाईले यति काम गरिरहदा तपाईका मतदाता वा जनता कतिको सन्तुष्ट छन् ?

मलाई लाग्छ मान्छे पुर्ण सन्तोष भने कहिल्यै हुदैन तर त्यो पेरिफेरिमा छन भन्न सक्छु । किनभने एउटा महान जनयुद्ध भैसके पछि वा हुदै गर्दा हाम्रो गाउंपालिका हिजो जनयुद्धको आधार ईलाका हो । त्यो आधार ईलाकामा छुट्टै अनुभुती र आशा थिए र त्यो अनुभुती हामीले अहिले जनतालाई दिलाउन सकेका छैनौँ ।

हिजोमा तुलनामा केही गुणात्मक रुपमा सुधार भएका त छन् तर पनि पुर्णरुपमा हिजो हामिले भने अनुसारका सपना हामिले पुरा गर्न सकेका छैनौँ ।

१०. आज जनताले तपाईहरुलाई प्रश्न गर्दैनन् सपनाहरु कहाँ गए भनेर ?

पक्कैपनि जनताका बिचमा थुप्रै अनुतरित प्रश्नहरु छन । तर केहि नभएको भने हैन धेरै थोक भएको छ । अहिलेको यो ब्यवस्था र स्थानिय सरकार पनि जनयुद्धका उपलब्धी हुन । राजनितिक लडाई एकहद पुरा भएको छ अब समृद्धको लडाई पुरा गर्नु छ ।

हेर्नुस भिडियो