जीन्दगी गुलेली जस्तै

आफ्नो जीविका धान्न सुरु गरेको कामले अहिले दजर्नौको जीविका धानेको छ । र पनि उनको जीन्दगी गुलेली जस्तै लाग्छ । जसरी गुलेलीको रवर तन्काउदा तन्किने र खुम्च्याँउदा खुम्चीने हुन्छ त्यसरी नै उनको जिवन पनि धेरै पटक खुम्चिएको छ र तन्किएको छ । उनकोे जीवनको रवर पनि पटक पटक तन्किएर पछाडि गयो तर ठिक गुलेलीजस्तै धेरै टाढा र जोरले निशाना पुरा ग¥यो ।

मानीसलाई मेहनतले नै सफल वनाउछ । यसको उदाहरणका रुपमा नेपालगन्जकी सफल व्यवसायी कस्मीरा खातुन (कालीमीया)लाई लिन सकिन्छ । सानो भनेको कामबाट नै उनले जीवनमा नसोचेको सफलता प्राप्त गरेकि छिन् । पेटिकोट सीलाइबाट उनको जीविकोपार्जनको काम सुरु भयो ।

पारिबारीक जिवनको त्यो खुटकिलो

विगत १८ वर्षअघि अर्घाखाचीबाट श्रीमान सम्सुद्धिन मीयासंग घरजम गरेर पश्चिम नेपालमा पर्बेश गरिन् । त्यतिबेला हातमा ५ हजार रुपैयामात्र रहेको कस्मीरा सम्झन्छिन् । आफन्तको घरमा वसेका मीया दम्पतीले कस्मेटिक व्यापार सुरु गरे । २÷४ वर्षमै व्यापार फस्टाउदै लाखौको कारोवार गर्न थाल्यो । दैलेखमा करीब ५ वर्ष विते । त्यसपछि उनिहरु व्यापार गर्न नेपालगन्जमा झरे ।

नेपालगन्जको सहन नसकिने मौसम सहन सकियो तर व्यापारमा आएको मन्दि सहन सकिएन । कस्मेटिकको व्यापार घाटामा गयो । व्यापार मौलाउन नेपालगन्ज झरेका सपना खडेरीमा सुकेको विरुवा जस्तै भयो । सपनाहरुमा एकपटक फेरि सुकेनाश लाग्यो । यसैकारण श्रीमान डिप्रेसनको शिककार भए । मीया एकदमै विरामी भएर थला परेपछि ३ छोराछोरीलाई एक्लैले पाल्नुपर्ने जिम्मेवारी कस्मीराको काँधमा आयो । जुनसुकै काम गरेर भएपनि परीवार पाल्छु भन्ने हिम्मत, आँट थियो ।

३ छोराछोरी सहित ५ जनाको परीवार पाल्नका लागी के काम गर्ने भन्ने अन्यौलता थियो । मुस्लीम समुदायकी छोरी भएकाले घरवाहिर निस्केर काम गर्न सक्ने परीस्थीति थिएन । वुर्कामा वसेर काम गर्नुपर्ने वाध्यता थियो । कुनै उपाय नभेटेपछि अन्त्यमा कस्मीरालाई आफैले सीकेको सीलाई कटाई सीप नै प्रयोग गर्ने सोच आयो ।

सानो काम भएपनि मेहेनतले गरेर २ पैशा कमाएर परीवार पाल्ने सोचले १३ हजार रुपैयामा कपडा सीउने मेसीन र पेटिकोटको कपडा किनिन् । घरभित्रैबाट सुरु गरेको हजारको व्यवसाय करोडमा पुग्ला भन्ने उनलाई लागेकै थिएन । अहिले नेपालगन्जको घरवारी टोलमा लुम्वेनी गार्मेन्टका रुपमा उनको काम विस्तार भएको छ । उनले ८ वर्षदेखी यसमै मेहनेत गरीरहेकि छिन् ।

सीलाई सीकेकी कस्मीराले पेटिकोट सीलाएर व्यापारको यात्रा सुरु गरीन् । एउटा पेटिकोट सीलाएबापत ५ रुपैया र म्याक्सी सीलाएको १० रुपैया पाइन्थ्यो । त्यतिवेला दिनमा करीव दिनमा ५ सय रुपैया कमाउन उनले दजर्नाै पेटिकोट सीलाउनुपथ्र्यो । दिनरात नभनेर उनि त्यहि ५ सय कमाउनका लागी मेहेनत गर्न थालीन् । यहि पेटीकोट सीलाउने कामले नै हो उनको जीन्दगी वदलेको । त्यसरी दिनरात नभनेर पेटिकोट नसीलाएको भए आज उनि यहाँ नपुग्ने बताउछिन् । काम सानो भएपनि मेहेनेतले नै एकदिन अवस्य सफल वनाउने उनको भोगाई छ ।

कठिनता पछिको सफलता

सीलाईको फिनीसीङ देखेपछि पेटिकोटको माग वढ्न थाल्यो । विस्तारै आफन्तहरुका अन्य लुगाहरु पनि सीलाउन थालीन् । ओभरलक मेसीन राखेपछि थप कमाई हुन थाल्यो । सीलाउनका लागी कपडाको माग वढ्यो । घरभित्रैबाट सुरु गरेको व्यापार वढ्दै गयो । माग वढ्दै गएपछि वालवालीकाका लागी जाडोमा लगाउने कपडा वनाउने सोच भयो । त्यसपछि यो कपडा वनाउन सुरु गरेपछि ह्वात्तै माग वढ्यो । अरुको कपडा घरमा ल्याएर सीलाउदा दिनमा ५ देखी ७ सय सम्म कमाइ हुन्थ्यो । तर ह्वातै माग वढेपछि कमाइ पनि वढ्यो ।

एकैदिनमा १ हजार ट्राउजर वनाउन माग आएपछि उनलाई थप उत्साह जाग्यो । टंक धामीले सन्चालन गरेको कमल इन्टरप्राइजेज दिएको यो प्रोत्साहन जीवनको पहिलो भएकाले कहिल्यै नभुल्ने कस्मीरा वताउछिन् । त्यसपछि विभिन्न विद्यालयबाट स्कुल ड्रेस निर्माणका लागी पनि अर्डर आउन थाले ।

कपडा वनाउनका लागी चाहिने काँचो मेटेरीयल, धागो भारतबाट ल्याउनुपथ्र्यो । व्यवसाय वढ्दै गएपछि नेपालगन्जमै काचोँ मेटेरीयल उत्पादन सूरु गरीन् । नेपालगन्जमै काँचो मेटरीयलबाट कपडा उत्पादन गर्ने लुम्वेनी गार्मेन्ट पहिलोे भएको उनको दावि छ । अहिले उनि कपडा वनाउनका लागी चाहिने काँचो मेटेरीयल धागो समेत आफै उत्पादन गर्ने तयारीमा छिन् ।

धागो अहिले भारतबाट आइरहेको छ । चीसो तातो मौसम हेरेर कपडा यतै उत्पादन भइरहेको छ । भारतबाट आउने कपडा अहिले यतैबाट उत्पादन हुन्छ । प्रहरी तालीम केन्द्र नेपालगन्जले रुपडियाबाट ल्याउने गरेको ड्रेस गत जाडो सीजनमा करीव १४ लाखको यहि गार्मेन्टबाट उत्पादन गर्न लगायो । रुकुमा चौरजहारी नगरपालीकामा पनि भारतको रुपडियाबाट स्कुल ड्रेस लैजाने गरीएकोमा गतवर्ष १६ लाखको ड्रेस यहि गार्मेन्टले नै उत्पादन ग¥यो ।

त्यतिमात्र होइन अहिले काठमान्डौ, पोखराबाट समेत कपडाको माग आउन थालेको छ । आएको माग पुरा गर्नै हम्मे हम्मे छ । काममा भ्याइनभ्याई छ । ५१ जना कर्मचारी अपुग भएका छन् । धेरै लुगा त वुटवलदेखी सुदुरपश्चिममै खपत हुने गरेको छ । अव यो वर्ष दुवईमा पनि यहाँ उत्पादन कपडाको स्टल राख्ने तयारी छ ।

लुगाको फिनीसीङ र डिजाइन मन पराएकाले देशभरी माग वढेको कस्मीरा बताउछिन् । अहिले उनिसंग लुगा वनाउनका लागी कच्चा पदार्थ उत्पादन गर्ने ठुलो ६ वटा मेसीन छन् । कपडा सीलाउने मेसीन २५ वटा छन् । चाइनाबाट ल्याएको २० लाख मुल्यको एउटा मेसीन र अन्य १६ लाख, १० लाख र ८ लाखका मेसीन रहेका छन् । हाल उनको गार्मेन्टबाट दैनीक करीव डेढ लाख रुपैयाको लुगा उत्पादन भइरहेको छ । यहाँ जीन्सबाहेक सवै लत्ताकपडा र महिलाका लङ स्वीटर, अलाधिन टप्स लगायतका सामानहरु तयार गर्ने गरीएको छ ।

१३ हजारमा सुरु गरेको कपडा सीउने काम व्यवसायमा वदलीदै वनेको गार्मेन्टमा ६÷७ वर्षको अवधीमा ७ करोडको लगानी पुग्यो । दुःख का दिनहरु हराए । विस्तारै परीवारमा खुसी आउन लागेको थियो तर फेरी जीवनको रवर तन्कियो । २०७५ पौषमा उहाँले घरवारीटोलमा सन्चालन गरेको लुम्वेनी गार्मेन्टमा रातको समयमा विद्युत सर्ट भएर आगलागी भयो । आगलागीका कारण गार्मेन्ट र गार्मेन्टमा भएका सवै मेसीन जले । हरीया भएर पलाएका, झाँगीन थालेका आशाका पातहरु सवै डढेर खरानी भए ।

कस्मीराको जीवनको गुलेली फेरी पछाडि तन्किएको रोकिनका लागी थिएन । अझै त्यो भन्दा अगाडि वढ्नका लागी थियो । यति ठुलो सफलता र खुसी एकैपटक एक पनि बाँकी नरहेर जल्दा उनिको निद हराम भइसकेको थियो । तर पनि उनले हिम्मत हारीनन् । नेपालगन्जका व्यापारीको साथ र सहयोगमा उनी पुनः ४ वटा लुगा सीउने मेसीन राखेर काम गर्न उठिन् । उनको दिनरातको अथक मिहिनेतका कारण अहिले डेढ वर्षमा पुनः गार्मेन्टको लगानी ३ करोड पुग्न थालेको छ । गार्मेन्टमा ५१ जनालाई प्रत्यक्ष रोजगारी दिएकी छिन् । घरवारी टोलका अन्य करीव २० जना महिला तथा युवतिहरु गार्मेन्टबाट कटिङ कपडा लिएर घरमै वसेर काम गर्छन् । आजभोली उनको मासीक ८० हजारदेखी डेढ लाखको कारोबार हुने गरेको छ । घरवाटै सवै सामान विक्रि हुन्छ । वजार धाउनै पर्दैन ।

सुरुवातमा आफैले के काम गर्ने भन्ने अन्यौलता झेलेकि कस्मीराले एकदशक भित्रमा गरेको मिहेनेतले यतिलाई रोजगारी दिन सकिएला भन्ने नसोचेको उनले वताइन् । तर मेहेनत गरेपछि हुदो रहेछ भन्ने पनि लागेको उनि बताउछिन् । आजभोली सानो काम गर्न मन लाग्दैन ठुलो ठुलो आँट आउछ, उनि भन्छिन् ।

०३७ सालमा जन्मीएकि उनले जीवनमा धेरै दुःख र मीहिनेतले नेपालगन्जमा सफल महिला उद्यमीका रुपमा परीचित छिन् । उनि सफल हुनुका पछाडि उनको मेहनत मात्र छ । किनकि काममा सुरुवातमा उनले परीवारबाट समेत साथ पाइन्न । मुस्लीम भएकाले घर बाहिर जान नदिने प्रचलन । वाहिर गएर काम गर्नेलाई समाजको गर्ने र हेर्नै व्यवहार सकरात्मक थिएन ।

समाज त छदै थियो । उनले परीवारले पनि सहयोग गरेनन् । विरामी श्रीमानको उपचारका लागी पैशाको जोहो गर्न लुगा सीलाइको काम थालेकि उनले परीवारबाटै अनेक लान्छना सहनुप¥यो । यो पिडा कम थिएन । तर पेट पाल्नका लागी काम नगरी पनि सुख थिएन । त्यसैले समाज र परीवारका धारीलो हतियार जस्ता वचन सहेर पनि कामलाई निरन्तरता दिइन् । उनिहरुका वचनले मर्नुवाच्नुको दोसाधमा पनि पु¥यायो तर काममा पाउदै गएको सफलताले बाँच्न प्रेरीत ग¥यो – उनले भनीन् । सफलता मील्दै गएपछि श्रीमान, परीवार र आफन्तको पनि साथ मील्न थाल्यो ।

अहिले आफैलाई हेरेर धेरै मुस्लीम महिला र अन्य महिलाहरुले प्रेरणा लिने गरेकोमा ठुलो उपलव्धी हासील गरेको महसुस हुने उनि वताउछिन् । उनका श्रीमान पनि अहिले खुसी छन् । मैले कुनै काममा सघाउन सकेन । “सवै काम उनले कसरी गरीन मलाई थाहा छैन । तर एकदमै खुसी छु । उनको जीवनबाट धेरैले प्रेरणा लिएको देख्दा झन खुसी लाग्छ” उनले भने ।

सफलताको सिंढि सरकारी बेवास्ता

आजभोली प्राप्त सफलताले जता गएपनि प्रशंसा र प्रेरक व्यक्तित्वका रुपमा लिने गरीएकोले उनलाई काममा थप उर्जा र खुसी दिने गरेको छ । पहिले आफन्त, छिमेकि र चिनेजानेकाले मुख छदा नाकले पानी खाइ भन्थे । अनेकथरी कुरा काट्थे । काम गर्दै गएपछि विश्वास जित्नुका साथै सफल भइदा रहेछ, उनी अनुभव सुनाउछिन् । केहि समय अघि नेपालगन्जमा आएका युएइका राजदुतले मुस्लीम समाजको उदाहरण दिदै उनको कपडाको दुवईमा स्टलको व्यवस्था गरीदिने वताएका छन् ।

तर सरकारले यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । चर्को व्याजमा महिलाहरुले रीण लिएर व्यवसाय गर्ने परीस्थीति नभएको भन्दै महिलाहरुलाई सुलभ रुपमा कर्जा उपलव्ध गराउनुपर्ने उनको भनाई छ । मेहेनेत गर्ने र आफुजस्तै दुःखमा परेका महिलाहरुलाई सधै सहयोग गर्न तत्पर रहेको उनी बताउछिन् ।