आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी

हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा  देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न बनाउदै उभिने उनको जिवनको सुमेरु पर्वतको यात्रा बुझी नसक्नु छ । भाग्य रेखा देब्रे परेपनि अहिले उनको भाग्य दाहिने पारीदीएको छ मितीनी नेपालले ।

बाल्यकालले जन्माएको काउकुती

उनको परिवार २०४० सलातिर भारतबाट नेपाल बसाइ आयाे । भारतबाट नेपाल आँउदा उनि सानै थिइन उनलाई आफनो जन्म कुन ठाँउ भएको हाे भन्ने पनि थाह थिएन । नेपाल र भारतको सामाजिक स‌ंस्कारमा केही भिन्नताहरु थिए नै । तर उनी सानै भएको कारण अनुभूती गर्न भने सक्दिनथिन । उनलाई अहिले विगत सम्झनै मन लाग्दैन । बिगतका घटना परिघटनाहरु कुनै हिन्दी चलचित्र झै बेलाबेला आँखाको पर्दामा खेलिरहन्छन । बच्चामा म को हुं ?’ उनलाई द्विविधा भइरहन्थ्यो । रुप र व्यवहारमा तालमेल मिल्दैनथ्यो । केटीका लुगा लगाउन मन लाग्थ्यो । केटीकै माझमा बस्न मन लाग्थ्यो । लक्का जवान पुरुषसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? उनी समाजलाई छलेपनि मनलाई छल्न सक्दिनथिन् ।प्राय एक्लै रमाउथिन समाजसंग आत्मसमर्पण गरेर केटाजस्तै हुनपनि सक्दिनथिन् । छाडा साँडे जस्तै सामाजको छाडा ब्यवहारले उनलाई बिरक्त बनाउथ्यो । कहिलेकाँही त सोच्थीन मरीदीउँ ।

जब नागरिकता लिन सदरमुकाम पुगिन

इलामकी यानु लिम्बु ३१ वर्षकी भइन । ३१ बर्षको उमेरमा उनले अनौठो जीबन जिएकी छन् । उनका जिवनका आरोह अबरोह सुनि नसक्दा छन । घरी घाँटी अठयाएर बोल्छीन घरी सुकसुकााउदै बोल्छीन । तर आफना जिवनका बिषयमा धित मरुन्जेल बोल्छीन । यानुका नाममा उनले बर्षौ संर्घष गर्नुप¥यो । नागरिकता लिने उमेर पुगिसकेको थियो । उनले जिल्ला प्रशासन कार्यालय इलाममा आवेदन दिइन् । नागरिकता आवेदन फारममा उनले महिला-पुरुष लेखिनन् । समलिङ्गीको कुनै अप्सन थिएन । उनको आवेदन कार्यालयका लागि असमान्य बनिदियो । कुरा प्रमुख जिल्ला अधिकारीकोसम्म पुग्यो । प्रजिअले जबरजस्ती उनको बुवाको जिद्यीमा नागरीकता त बनाइदिए । तर पाउने सेवा सुबिधाबाट भने बन्चित भइन ।

आफ्नो कारणले परिवार बदनाम हुँदाको पीडा

‘म को हुं ?’ उनलाई द्विविधा भइरहन्थ्यो । रुप र व्यवहारमा तालमेल मिल्दैनथ्यो । केटीका लुगा लगाउन मन लाग्थ्यो । केटीकै माझमा बस्न मन लाग्थ्यो । लक्का जवान पुरुषसंग प्रेम गर्ने चाहना हुन्थ्यो । तर व्यक्त गर्ने कसरी ? उनी मनलाई छल्न सक्दिनथिन् । समाजसंग आत्मसमर्पण गरेर केटाजस्तै हुनपनि सक्दिनथिन् । यहीं बेमेलका कारण उनी साथीभाइ र गाऊघरमा अनौठो पात्र बनिन् ।साथीहरुले पनि सहि ढँगले हेर्दैनथे ।
साथीभाइ उनलाई जिस्काउथे । हेप्थे । बचन लाउंथे । उनी सहन बाध्य थिइन् । उनका साथी भाइले उनलाई त जिस्काएकै थिए, विस्तारै उनको नाम लिंदै भाइ बहिनीहरुलार्ई पनि जिस्काउन थाले । पाँच पाँच दाजुभाइकी जेठी छोरी थिइन् । भाइ बहिनीकोे नाम लिएर जिस्काउदा असह्य हुन्थ्यो । भन्छिन आत्महत्या गरुंकी भन्ने पनि लागिरहन्थ्यो । छिमेकीले नानथरी भनेर जिस्काउथे । भाइ बहिनीहरुले उनीसंग कहिल्यै गुनासो गरेनन । तर, भाइ बहिनीहरुमा परेको भावनात्मक चोट उनी सहजै बुझ्दिन् तर उनीसंग गर्न सक्ने केही थिएन । ‘आफ्नो कारण सन्तानलाई अफ्ठयारो पर्दा मुटुमा खिल परेजस्तो निलडाम परे जस्तै पिडा हुन्थ्यो ।’ यति भन्न नपाउंदै लरबराइरहेको उनको बोली रोकियो । छचल्किएका आंखाको कुनाबाट आंशुको थोपा चुइसकेको थियो । तर उनि बोलीरहेकी थिइन अनबरत अनबरत ।।

आफुजस्तै साथीहरु अरु पनि भेटिँदा

शुरुमा त उनलाई दैबले ठगेको महशुश हुन्थ्यो । ‘म मात्रै किन यस्तो ?’ उनको मनमा कुरा खेलिरहन्थ्यो । कसैलाई भन्नपनि नसकिने । भन्यो भनेपनि अपमानित भइएला भन्ने डर । उकुसमुकुस हुन्थ्यो । उनले जताततै डरैडर देख्थिन । परिवार, साथीभाइ, छिमेकी, आफन्त सबै साथमा थिए । उनी सबैको बीचमा बसेरपनि एक्ली भएको महशुस गर्थिन् । बिस्तारै आफुजस्ता अरु हुन्छन् कि हुंदैनन् भन्ने बुझ्न थालिन् । गांइगुंइ कुरा सुनिन्ः हजारौंको संख्यामा हुन्छन् । आफुजस्तैहरुले संस्था खोलेर पहिचानका लागि संर्घष गरिरहेकोपनि सुनिन् । उनले आफु समलिङ्गी हुं भन्ने थाह पाइन् । पहिचान थाह पाउंदा उनलाई पिंजडाबाट मुक्त पंक्षीजस्तो लाग्यो । अब त उड्न सक्छौं भन्ने आत्मविश्वास पैदा भयो । त्यो पैदा गरिदियो मितेनी नेपालले । अहिले मितीनी नेपाल उनको भाग्य रेखा भएको छ । भन्छिन मितेनी नेपालले कर्म दिएको छ बाँच्ने साहस र आँट दिएको छ । अब जसरी पनि बाँचीन्छ तर केही गरेर मात्रै ।
उनलाई विद्यालयमा पढ्नसमेत अफ्ठयारो हुंदै गयो । साथीभाइको बीचमा हासोमजाकको पात्र बनिरहिन् । अन्ततः उनले पढाइ पूरा नहुंदै सरस्वति माबी इलाम छोडनु पर्ने बाध्यता आइलाग्यो । मनका अनेकौँ इच्छाहरु दबाएर बिद्यालय पनि छोडीन ।

जब पहिचान नजिक पुगिन

केही वर्ष पछि उनी मितेनी नेपाल नामक संस्थाको सम्पर्कमा आइपुगिन । त्यहां उनले आफुजस्तै धेरैसाथीहरु भेटिन् । पहिचान लुकाएर लुक्दैन भन्ने साहश बटुलिन् । समलिङ्गीका बारेमा भएका बहश, कानूनी प्रावधान र सफलताका कथा बुझ्न पाइन । समलिङ्गी हुनु कुनै रोग होइन, प्राकृतिक कुरा हो भन्ने वैज्ञानिक आधार बुझन पाइन । आफ्नै पहिचानका आधारमा राज्यका अधिकार लिन पाइने जानकारीसमेत पाइन् ।

बिदेश पनि पुगिन यानु

जसो तसो नागरिकता त बनाइन् । राहदानी बनाउंदा उस्तै झण्झट । हरेक ठांऊमा प्रष्टिकरण दिनुपर्ने । व्यक्तिको लिङ्ग निजी मामिला भएपनि राज्यले अनेकौं उल्झन देखाउंथ्यो । प्रशासनले नागरिकता दिएपनि परराष्ट्र मन्त्रालयको राहदानी विभागले थप प्रमाण खोज्थ्यो । कर्मचारीहरुको आंखा समलिङ्गी’ लेखेको ठाऊंमा पुग्दा वित्तिकै अर्कै भावमा प्रस्तुत हुन्थे । मानौं उनीहरुका सामू कुख्यात अपराधी उभिएको छ । अन्ततः उनले राहदानी बनाइन । नेपालमा बसेर प्रगति हुने संभावना नदेखेर बिदेशमा गएर मजबुरी गर्ने सोचीन उनि बिदेश गइन ………..खाडी मुलुक गइन । उनि भन्छिन खाडी मुलुकमा बिताएका दुखहरुको वकालत गरेर संभवै छैन । आफनै देशमा त यस्तो अरुको देशमा कस्तो अँह भनि साध्य छैन । तिन बर्ष बसेर फिर्ता भइन ।

गर्नुपरेको संर्घष र भोग्नुपरेको सास्ती अब दोहोरिदैन । संविधानले समलिङ्गीको पहिचानलाई प्रत्याभुत गरेको छ । धर्म, वर्ण, जात, जाति, लिंग उत्पती, भाषा वा बैचारीक आस्थाका आधारमा नागरिकलाई भेदभाव गर्न नमिल्ने प्राबधान संविधानमा छ । समलिङ्गी विवाहलाई नेपालको अदालतले मान्यता दिइसकेको छ । आफुहरुको संर्घषका कारण तेस्रो लिङ्गीमैत्री संविधान र कानून बनेकोमा गर्व यामुलाई गर्व लाग्छ । अधिकार मागेर पाइंदोरहेनछ, खोसेर लिनुपर्दोरहेछ । उनको अनुभवले यसै भन्छ ।
उनलाई थकथकी लाग्छः पहिल्यै आफु खुल्न सकेको भए धेरै समस्या टरिसकेको हुन्थ्यो । गुम्सिएर बस्दा समस्या बल्झदोमात्र रहेछ । गुपचुप रहेका सबै आफु जस्तै समलिङ्गी साथीहरुलाई आफ्नो पहिचान बेलैमा दिल खुलेरै खुलाउन यानु आग्रह गर्छिन ।