चैते दशैमा भद्राक्षीदेवी मन्दिरमा हुने पुजा आराधानामा रोक

सिसहनियाँ, दाङ देउखुरीको राप्ती गाउँपालिकाले वडा नम्बर ९ देवीकोमा रहेको भद्राक्षीदेवी मन्दिरमा चैते दशैमा हुने पुजा आराधानामा रोक लगाएको छ । विश्व व्यापीरूपमा फैलिएको कोरना भाईरसको संंक्रमणलाई रोक्नका लागि मन्दिर हुँदै आएको पुजा आराधाना कोरोना भाइरसका कारण यस वर्ष रोक लगाईएको वडा अध्यक्ष रिमबहादुर सुनारी मगरले जानकारी दिएका छन् ।

श्री स्वस्थानी वर्तकथामा सतिदेवीको बाँया घुडापतन भएको भद्राक्षीदेवी मन्दिरमा बडा दशै तथा चैते दशैको अवसरमा भब्य पुजा आराधाना तथा बलिदिने प्रचलन रहेको छ । तर यस वर्षको चैते दशैको समयमा सबैखाले पुजा आजा तथा बलिदिने कार्यमा रोक लगाईएकोले भक्तजनहरुले आआफ्नै घरमै रहेर भद्राक्षी माताको सम्झनामा पुजा गर्न देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका संयोजक दुर्योधन पाण्डेले सबैमा अनुरोध गरेका छन् ।

राप्ती गाउँपालिकाको प्रमुख धार्मीक स्थलको रुपमा रहेको देवीकोटको भद्राक्षी मन्दिरमा सयौ संख्यामा दैनिक रुपमा र विशेष चाडपर्वमा हजारौ भक्तजनको घुईचो रहने भएकोले दैनिक रुपमा गरिने पुजा तथा चैत्र १९ गते परेकोको चैते दशैमा गरिने सम्पुर्ण धार्मीक कार्य स्थगीत गर्दै तिर्थालु बर्तालुलाई समेत मन्दिर आउन जानमा रोक लगाईएको बताइएको छ ।