धरानमा पहिलोपटक कोरोना परीक्षण शुरु

 काठमाडौं, बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ । यसअघि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था रहेको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि कोभिड–१९ को परीक्षण शुरु भएको हो ।प्रतिष्ठानका इन्टरनल मेडिसिन विभागका प्रमुख प्रा.डा.संजिवकुमार शर्माका अनुसार एक लटमा १२ जनाको थ्रोट स्वाब (घाँटीको र्‍यालको नमुना) परीक्षण गर्न सकिने छ ।

कोरोना भाइरसको सक्रमणको आशंका भएमा थ्रोट स्वाब परीक्षण गरिन्छ ।स्वास्थ्य मन्त्रालयको अनुसार हाल सम्म मुलुकमा कोरोनाको लागि ८७५ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा ५ जनामा संक्रमण देखिएको छ ।