कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८ सय बढीको मृत्यु

काठमाडौं । कोरोनाभाइरसको कारण विश्वभर ३० हजार ८५१ जनाको मृत्यु भएको छ । ६ लाख ६२ हजार ९६७ जना कोरोना संक्रमित छन् । अहिलेसम्म १ लाख ४१ हजार ९५३ जना उपचारपछि सञ्चो भएका छन् ।

सबैभन्दा बढी इटलीमा १० हजारजनाको मृत्यु भएको छ । इटलीमा अहिले पनि ९० हजार बढी संक्रमित छन् । अमेरिकामा पनि कोरोना संक्रमितको संख्या एकलाख बढी रहेको बीबीसीले जनाएको छ ।