पूर्वमन्त्री राईले दिए पार्टी नेता कार्यकर्तालाई मानविय सहयोगमा जुट्न निर्देशन

नेपालगञ्ज, बाँके क्षेत्र नं २ का संघिय सभा सदस्य तथा पूर्वमन्त्री एवम समाजबादी पार्टीका केन्द्रीय सचिव मो ईस्तियाक राईले पार्टी नेता कार्यकर्तालाई कोबिड–१९ नोबल कोरोना भईरसको संक्रमणबाट जोगिनको लागि मानविय सहयोगमा जुट्न अपिल गरेका छन् ।

उनले शुक्रबार एक बिज्ञप्ती जारी गर्दै विश्वभर फैलिएको नोबल कोरोनाको संक्रमण फैलिन नदिनको लागि मानवीय सहयोगमा जुटन आग्रह गरेका हुन । सरकारले आव्हान गरेको लकडाउनबाट प्रभावित भएका विपन्न तथा दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्नेहरुको अवस्था भयावह हुन नदिनको लागि सबैलाई आग्रह गरेका छन् ।

उनले बाँके निर्वाचन क्षेत्रनं २ को भुगोलमा रहेका कुनै दिन काम गर्न जान नपाउदा भोकै बस्नुपर्ने अवस्था आउन्ेहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई दैनिक उपभोग्यका बस्तु उपलब्ध गराउने कार्यमा समाजबादी पार्टीका नेता कार्यकर्ता जुट्न निर्देशन दिएका छन् । उनले जतिसक्यो चाँडो तथ्याङ्क संकलन भएमा उनीहरुलाई राहत पुराउन सहज हुने बताएका छन् ।

उनले लकडाउनका कारण जिल्लाका सबै पालिकामा रहेका गरिबिको रेखामुनी भएकाहरुको तथ्याङ्क संकलन गरी उनीहरुलाई मानविय सहयोग पुराउन सबै पार्टी निकट नेताकार्यकर्तालाई आग्रह गर्दै लकडाउनको पालना गर्न समेत आग्रह गरेका छन् ।