मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सिंहद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा सहयोग घोषणा

सुर्खेत बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले आफनो एक महिनाको तलब बापतकाे रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन । सरकारले कोरोना बिपद कोष सुरु गरेसंगै प्रमुख स्वकिय सचिब तथा युवा नेता सिंहले जम्मा गर्ने घोषणा गरेका हुन ।

उक्त कोषमा सरकारका प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुले सहयोग गरेका खबरहरु आइरहँदा नेकपाका युवा नेता तथा कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिब समेत रहेका सिंहले आफनो फेसबुक वालमा स्टाटस लेख्दै आफनो एक महिनाको तलब कोषमा जम्मा गर्ने जनकारी दिएका छन । उनले लेखेका छन् कर्णालीका प्रदेशका माननीय मुख्यमन्त्रीज्यु सहित माननीय मन्त्रीज्यु हरुको एक महिनाको पारिश्रमिक विपद कोषमा, सहयोग गर्ने।नागरिकलाई प्रदेश सरकारद्वारा अपिल संगै मेरो १ महीनाको पारिश्रमिक जम्मा गर्ने जानकारी ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणले विश्वका करिब २ सय देश ग्रसित भइरहेका बेला नेपालमा पनि यसको संक्रमण देखिँदै गएको छ । यस्तो बेला नेपाल सरकारले कोरोना रोकथाम तथा उपचार कोष खडा गरी सबैलाई सक्दो सहयोग गर्न अपील गरेको छ ।