गढवामा भारतबाट आएका ८ जना व्यक्तिलाई क्वारेन्टाइन र आइसुलेसनमा पठाइयो

दाङ, कोरोना भाइरस हुनबाट बच्न र बचाउन भारतका विभिन्न ठाउँबाट नेपाल आएका ८ जना नागरिकलाई गढवा गाउँपालिका वडा नम्बर १ ले क्वारेन्टाइन र आइसुलेसनमा पठाएको छ ।
गढवा गाउँपालिका वडा नम्बर १ रंङसिङ बस्ने अन्दाजी २२ वर्षिय गोपाल कुमाललाई बुटवल आइसुलेशनमा पठाइएको छ, सोही ठाउँका अन्दाजी २३ वर्षका जुनमान रोका र १८ वर्षका निर्मल कुमाललाई जनता मावि कालाकाटेको क्वारेन्टाइनमा राखिएको छ ।

त्यसैगरी ४० वर्षका गिरबहादुर रावल र १८ वर्षका राकेश रावल बाबु(छोरालाई बनघुस्री (होम क्वारेन्टाइनमा) राखिएको छ । भने १८ वर्षका बिष्णु कुमाल, २५ वर्षका पुरन कुमाल र ४० वर्षका कमल कुमाललाई वनवारी (होम क्वारेन्टाइन) मा राखिएको गढवा गाउँपालिकाका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिएका छन् । उनीहरू सवै भारतको केरेला,पञ्जाप , राजिसथान र दार्जििलङबाट आएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।

उनीहरू मध्ये गोपाल कुमाल चैत्र १ गते आएको र १० गते ज्वरो आएको थियोे । कुमालको रगत परिक्षणका लागि टेकु काठमाडौं पठाईएको र हाल सम्म रिपोर्ट नआइसकेको बताइएको छ । भने जुनमान पनि गोपाल संगै आएको र ज्वरो आएको हुँदा निजलाई बुटवलमा उपचार पश्चात कालाकाटे क्वारेन्टाइनमा राखिएको छ । दुवै जनालाई भारतबाट आए देखि ज्वरो आइरहेको वडा अध्यक्ष अधिकारी बताएका छन् । अन्य सबै २, ३ दिन अघि घरमा आएको र वडा स्तरीय समन्वय समिति र स्वास्थ्य शाखा कर्मचारीको सुझाव बमोजिम घरमै क्वारेन्टाइनमा राखिएको बताइएको छ ।

घरमै अथवा होम क्वारेन्टाइनमा बस्नेहरूको भान्सा, बसाई, खानपिन(ट्वाइलेट, बाथरुम सबै अलग राखिएको वडा अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । गढवा गाउँपालिकाले वडा नम्बर १ मा रहेको जनता मावि कालाकाटे, जनमुखी आधारभूत विद्यालय रंगसिङ र आधारभूत विद्यालय वनघुस्री र लक्ष्मी सामुदायिक वन जेठान गाउँमा क्वारेन्टाइन स्थापना गरिएको छ ।