त्यसैले उ मनपर्छ

कविता

 

उ त्यसैले मनपर्छ
पीडामा पनि मुस्कुराउन जानेको छ !
उ थोरै बोल्छ, मीठो बोल्छ !
उसले केही नजानेर होइन !
धेरै जानेर पनि उ मौन बस्न बानी परिसकेकी छे !
कसैलाई रुवाउने उसको चाहना होइन !
आज सम्म उ मेरो सामु कहिल्यै रोइन
यही बानीले मलाई नजिक नजिक गर्छ
त्यसैले उ ज्यादा मन पर्छ ।

उ आफ्नो भावनामा अडिग छ !
उ आफ्नो परिश्रमलाई भगवान ठान्छ !
श्रमको मूल्यलाई मात्र सहि मान्छ
र सँधैभर कर्म गरिरहन चाहन्छ
आफुलाई जति अरु कसैलाई बिश्वास गर्दैन !
सहयोग गुर्नु परे उ अघिअघि सर्छ
त्यसैले उ ज्यादा मन पर्छ ।

तिरस्कार उसलाई पटक्कै थाहा छैन
अरु रुवाएर आफू हाँस्ने चाहा छैन
बैगुनीलाई गुन लगाउने बानी छ
मन खोलेरै भन्दा उ सार्है ज्ञानी छ
न रिष छ, न राग छ, न बिष छ
बोली लालित्य आफ्नै भेष छ
स्वतन्त्र अरुलाई छोड्छ।

स्वतन्त्रतासँगै साइनो जोड्छ
नौलो काममा रुचि छ, ढुंगा फोड्छ
मगमगाउने फूलको बारी गोड्छ।
मन खुला छ, न उसँग कुनै कर छ
त्यसैले उ ज्यादा मन पर्छ ।