सरकारको निर्णय त्रिभुवन विश्वविद्यालले गर्यो अवज्ञा

काठमाडौं, त्रिभुवन विश्वविद्यालले सरकारको निर्णय अवज्ञा गरेको छ । संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा रोक्ने निर्णय गरेको थियो । तर, त्रिभुवन विश्वविद्यालले त्यो निर्णयलाई अवज्ञा गर्दै विहिबार परिक्षा गराएको छ ।

त्रिविले बिहीबार बिहानका सबै परीक्षा सञ्चालन गरेकाे छ भने विहिबार दिउँसोबाट सुरु परीक्षा पनि जारी रहने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सरकारले एसईई लगातका सहित सबै परीक्षा स्थगित पनि स्थगित गर्ने निर्णय गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले पनि सरकारले एसईईसहित चैतमा हुने विश्‍वविद्यालयका सबै परीक्षा स्थगित भएको बताएका थिए ।

उपकुलपति धर्मकान्त बाँस्कोटाले चैत ७ गते शुक्रबारदेखिका परीक्षा स्थगित गर्नेबारे कार्यकारी परिषद्को आपत्‌कालीन बैठक बिहीबार बस्ने बताए। उनले सरकारको निर्णयअनुसार शुक्रबारदेखि हुने परीक्षालाई परिषद्ले स्थगित गर्ने उनको भनाई छ ।