प्रभास रोमान्स गर्दैछन् यी नायिकासँग

मुम्बई – दक्षिण भारतीय फिल्म उद्योगका स्टार प्रभास यतिबेला एक फिल्मको छायांकनमा व्यस्त छन् । उनले ‘साहो’ मा बलिउड नायिका श्रद्धा कपूरसँग जोडी बाँधेका थिए ।

प्रभास फेरि एकपटक बलिउड अभिनेत्रीसँग पर्दामा देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । खबरका अनुसार प्रभासको जोडी बलिउडकी सुन्दर अभिनेत्री क्याटरीना कैफसँग हुनेछ । एक फिल्ममा दुवैले एकसाथ काम गर्ने सम्भावना बढेको हो ।

यो जोडी पर्दामा कस्तो देखिनेछ भन्नेमा धेरैको चासो बढेको छ । प्रभासले क्याटरीनाको नाम आगामी फिल्मका लागि सुझाएका छन् । यो जोडीलाई लिएर छिट्टे नै आधिकारिक जानकारी दिइने जनाइएको छ । यतिबेला क्याटरीना भने अक्षय कुमारसँगको फिल्म ‘सूर्यवंशी’ को प्रचारमा व्यस्त छिन् ।