दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !

काठमाडौँ, रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ ।
चीनको हुबेई प्रान्तको वहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो ।
 
वुहानबाट सुरु भएको कोरोना भाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ। माघको पहलो साता नै निर्माण सम्पन्न भइसकेको स्कुल प्रकोप नियन्त्रण भई मानिस आवतजावतमा सहज भएसँगै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारी छ।