नेपालगञ्जमा वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु, वडा अध्यक्षहरुबाटै मञ्च बहिष्कार

बाँके, नेपालगञ्ज उपमहानगरपालिका वडा स्तरीय क्रिकेट प्रतियोगीता सुरु भएपनि । नगरका वडा अध्यक्षहरु भने रुष्ट भएका छन । अहीलेसम्मकै ठुलो धनरासीको रुपमा मानिएको क्रिकेट प्रतियोगीताको उद्घाटनको विषयलाई लिएर
उपमहानगरपालीका भित्र रहेका वडाहरुको सहयोग र समुन्यमा सन्चालीत क्रिकेट प्रतियोगीतामा नगरलाई कुनै वास्ता नगरेको र अन्य व्यक्तीलाई अतिथी बनाएकोमा उनिहरुले आपत्ति जनाएका हुन ।

२३ वटै वडाले संयुक्त पहलमा गरीन लागेको प्रतियोगीतामा अतिथि राख्ने विषयमा कुनै छलफल नै नगरेको हुनाले आयोजकले धोका दिएको वडा अध्क्षयहरुले जनाएका छन । द ग्रुप अफ सिस्टिन कलवले सन्चालन गरेको प्रतियोगीतामा २३ वटै वडावाट भाग लिएको छ । कार्यक्रममा नगरप्रमुखलाई प्रमुख अतिथि बनाउनु पर्नेमा आयोजकले पुर्बमन्त्री समेत रहेका सांसद मोहमद इस्तीयाक राईलाई प्रमुख अतिथि बनाएपछी मन्च बहिष्कार गरेर सबै वडा अध्यक्ष हरु बाहिर निस्केका बताइएको छ ।

सांसद राईलाई प्रमुख अतिथि बनाएपछी वडा अध्यक्षहरु मन्च बहिष्कार गरेर बाहिर गरेका हुन एक प्रत्यक्षदर्शीले भने । आयोजकले खेललाई कमाउ धन्दाको रुपमा लिएको र उप महानगरपालीकालाई बेवास्ता गरेको सबै वडा अध्यक्षहरुको आरोप रहेको छ ।  नगरले उद्घाटन सत्र बहिष्कार गरे पनी खेल बहिष्कार नगर्ने जनाएका छन ।

खेलका लागि प्रत्येक वडाले ईन्ट्री वापत ५० हजार रुपैयाँ आयोजकलाई बुझाएको बताएका छन । उपमहानगरपालिकाको समुन्यमा खेल खेलाउने सहमति अनुसार काम भए पनि अतिथि राख्ने बिषयमा कुनै छलफल तथा जनकारी नदिएरै कार्यक्रम उद्घाटन गरेको बताएका छन । प्रतियोगीतामा प्रथम हुनेले २ लाख उप बिजेताले १ लाख पुरस्कार प्राप्त गर्ने छन भने खेल नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिक बिद्यालयको खेल मैदानमा शुरु भएको छ। यो प्रतियोगीता दोस्रो नगर क्रिकेट प्रतियोगीता रहेको छ ।