जन्मदिनको अबसरमा बालबालिकालाई झोला हस्तान्तरण

मनकारी अध्यक्ष बस्नेत

जाजरकोट,कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफनो छोराको जन्मदिनमा झोला बितरण गरेका छन । आठौं बर्ष पुरा गरेर नौ बर्षमा प्रबेश गरेको अबसरमा मिशन बस्नेतले बुधबार २७ जना बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् । सदरमुकाम खलंगा स्थित गोल्डेन गेट एनपी फ्रेण्ड बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत मिशन बस्नेतले नेपाल आमा अनाथआश्रम मार्फत जय मालिका गुरुकुल बिद्यापिट स्कुलमा अध्ययनरत २७ जना सहयोगापेक्षी बालबालिकालाई झोला हस्तान्तरण गरेका हुन् ।

नेपाल आमा अनाथाश्रममा रहेका १४ बालिका र १३ बालक गरि जम्मा २७ जना सहयोगापेक्षी बालबालिकालाई मिशनले एक कार्यक्रमको आयोजना गरेर झोला हस्तान्तरण गरेका थिए । नेपाल आमा अनाथाश्रमको पहलमा लालन–पालनसंगै शिक्षा हाशिल गरिरहेका आमा, बुवा नभएका सहयोगापेक्षी बालबालिकाहरुलाई मिशनले आफ्नो जन्म दिनमा झोला हस्तान्तरण गरेपछि उनीहरुलाई किताब बोक्न सजिलो भएको आश्रम सन्चालक समितिकी सल्लाहाकार नरिन्ताकुमारी शाहको भनाई रहेको थियो ।

जन्म दिनको अबसरमा सहयोगापेक्षी बालबालिकालाई झोला हस्तान्तरण गर्ने मिशन बस्नेत कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका छोरा हुन् । सहयोगापेक्षी बालबालिकालाई हस्तान्तरण गरिएका झोलामा मिशनले–“मेरो जन्म दिनको अबसरमा मेरै उमेरका ज्भउिभिकक बालबालिका साथीहरुलाई उपहार स्वरुप झोला प्रदान गरेको छु ।” भनेर लेखेका छन् । राजनीति भनेको समाजिक कार्य र समाज सेवा भएको बताउदै कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले आफुले बिगतमा गरेको सामाजिक तथा समाज सेवाका कामले गाउँपालिकाको अध्यक्ष हुन सफल भएको बताए । छोरालाई पनि भविश्यमा सामाजिक कार्य र समाज सेवामै लगाउने बताउदै अध्यक्ष बस्नेतले छोराको जन्मदिनमा छोराकै हातबाट झोला हस्तान्तरण गराएको जानकारी दिए । ८ बर्षमै छोराको बालसुलभलाई समाज सेवा र सामाजिक कार्यमा बदल्नका झोला हस्तान्तरण कार्यक्रमले मद्दत पुग्ने मैले विश्वास लिएको छु अध्यक्ष बस्नेतले भने–‘जन्म दिनलाई खर्चिलो र भट्किलो नबनाएर समाज सेवामा बदल्नका लागि पनि हामीले यस्तो गरेका हौं ।’

गाउँ सरकार प्रमुखको हैसियतले गाउँपालिका भित्रको सामाजिक रुपान्तरण गर्ने जिम्मेवारी पनि आफ्नै भएको अध्यक्ष बस्नेतले बताए । आफ्ना दुई छोरा, एक छोरी, आफु र आफ्नो परिवार सबैको जन्म दिन आगामी दिनमा समाजिक कार्य गरेर मनाउने अध्यक्ष बस्नेतले बताए । आफ्ना परिवारका अन्य सदस्यहरुको आगामी जन्म दिनमा कारागारमा रहेका कैदी÷बन्दी वा अस्पतालको बेटमा रहेका बिरामीहरुलाई सहयोग गर्ने अध्यक्ष बस्नेतले बताए । बालबालिकाको अधिकार संरक्षण, युवालाई रोजगार र जेष्ठ नागरिकलाई सम्मान गर्न आफुले जोड दिएको बताउदै अध्यक्ष बस्ेतले छोरा मिशनको आगामी बर्षको जन्म दिनमा कुशे गाउँपालिकाका बालबालिकालाई लक्षित गरेर बिशेष कार्यक्रमको आयोजना गरिने बताए ।

जिल्ला भरिकै अनाथ तथा सहयोगापेक्षी बालबालिकालाई केन्द्रित गरेर लालन–पालनसंगै शिक्षा हाशिल गराएकोमा नेपाल आमा अनाथआश्रम, जाजरकोटलाई बिशेष धन्यवाद दिदै अध्यक्ष बस्नेतले छोराको जन्म दिनको अबसरमा आफ्नो भनाई राख्दै कुशे गाउँपालिकाले अनाथआश्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जन्म दिनको अबसरमा सहयोगापेक्षी बालबालिकाहरुलाई झोला हस्तान्तरण गरेका मिशनले जय मालिका गुरुकुल बिद्यापिट स्कुलमा अध्ययनरत सबै बालबालिकालाई चक्लेट बितरण गरेका थिए । झोला हस्तान्तरण र चक्लेट बितरण गर्न मिशनलाई उनकी बैनीले साथ दिएकी थिईन ।