खारेजीमा परेका यी हुन् पाँचवटा सहकारी संस्था

काठमाडौं,सहकारी विभागले ५ सहकारी संस्थाहरुको इजाजत खारेज गरेको छ । सहकारी ऐनले दिएको अधिकार प्रयोग गर्दै विभागका रजिष्ट्रार टोकराज पाण्डेले पहिलो पटक ५ सहकारी संस्था खारेजीको निर्णय गरेका हुन् ।

सहकारी संस्थाहरुको मूल्य मान्यता अनुसार नचलेको पाइएपछि ति सहकारी संस्थाहरु खारेज गरिएको विभागले जनाएको छ ।पछिल्लो समय सहकारी गलत कृयाकलाप, सम्पत्ति शुद्धिकरणको प्रयास र निर्वाचनका बेलामात्रै संस्था ब्यूताउने पाइएकाले संस्था खारेज गरिएको विभागले जनाएको छ ।

काठमाडौं महानगरपालिकाका वडा नम्बर १२ मा रहेको तोपूमी केषि सहकारी संस्था, महानगरकै ३१ नम्बर वडामा रहेको हरित कृषि सहकारी संस्था, गोंगबुको भारतीय पूर्व सैनिक कल्याणकारी कृषि सहकारी संस्था, नेपाल किसान राष्ट्रिय कृषि सहकारी संस्था र समृद्ध कृषिसहकारी संस्था खारेजीमा परेका हुन् ।विभागले पहिलो पटक सहकारी संस्थाहरुको दर्ता खारेज गरेको हो । यस अघि तत्कालीन सहकारी डिभिजन कार्यालयहरुले सहकारी संस्था खारेज गर्ने गरेका थिए ।

हाल सहकारी डिभिजन खारेज भएर नियमनको अधिकार स्थानीय तहमा गएको छ । हाल नेपालमा ३४ हजार ८ सय ३७ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् ।