स्कुलबाट फर्कंदै गरेका बालकको मृत्यु

सप्तरी, स्कुलबाट फर्कंदै गरेका एक बालकको सडक दुर्घटनामा परी आज अपराह्न मृत्यु भएको छ ।

काठमाडौँबाट झापातर्फ तीव्र गतिमा गइरहेको बा ३ ख ७९७७ नंको हायस गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका–१ खोक्सर प्रवाहा बस्ने रामकुमार चौधरीका आठ वर्षीय छोरा प्रशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।