सत्तारुढ नेकपासँग उपसभामुखका गुनासैगुनासा

राजीनामा दिँदै भनिन् पितृसत्तासँगको लडाइँ जारी छ

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् ।

उप्रतिनिधि सभाकी उपसभामुख डा तुम्बाङफेले सोमबार पदबाट राजीनामा दिएकी छन्। सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले सभामुख चयनका लागि मार्गप्रशस्त गरिदिएको घोषणा गरिन्।प्रतिनिधि सभामा सम्बोधन लगत्तै आफ्नो सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पितृसत्तासँगको लडाइँ नरोकिने बताइन्।

नेपालमा पितृसत्ताले जरा गाडेकाले त्यसविरुद्ध अबको लडाइँ हुने उनले बताइन्। ‘हाम्रो देशमा पित्तृसत्ता सोचले जरा गाडेको छ। मुलुकमा रहेको पित्तृसंस्था सत्ता फाल्न अझै मिहिनेत गर्नुपर्छ’, उनले भनिन्, ‘पितृत्ता राजसंस्था भन्दा बलियो रहेछ, अहिले सकिनँ। मलाई तपाईंको ब्याकअपमा को छरु भनेर सोधियो, तर मसँग संवैधानिक व्यवस्था व्याकअप थियो, कोही व्यक्ति थिएन।’
नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्दा उनले राजिनामा दिनुपर्ने भएको छ ।

उनले राजिनामा दिनासाथ उनी सोही पदमा कदापी निर्वाचित हुन नसक्ने अवस्था छ । संविधानमा सभामुख र उपसभामुख फरक फरक दलबाट हुनुपर्ने भए पनि साविकका सभामुख उपसभामुख निर्वाचित हुँदा फरक फरक पार्टीबाट निर्वाचित भएका कारण सत्तारुढ नेकपाले अहिलेसम्म प्रतिपक्षीको आवाजलाई वेवास्ता गर्दै आएको थियो । तर, अब भने दुबै पदमा एउटै पार्टीको व्यक्ति बस्न सक्दैन ।

यौन दुव्र्यवहारको आरोप लागेपछि पदबाट राजिनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरा जेलमा छन् । सोही कारण सभामुख पदमा पुनः निर्वाचन गरिदैछ । सभामुख महरा यौन दुव्र्यवहारको आरोप लागेर पदबाट हटे पनि उपसभामुख तुम्बाहाङ्फेले भने विना कारण राजिनामा गर्नुपर्ने अवस्था आएको छ । उनको पद जोगाउन संसदमा पूर्ण बहुमत रहेको सत्तारुढ नेकपाले कि त सभामुख पद छोड्नुपर्छ कि त तुम्बाहाङ्फेलाई उपसभामुखबाट सभामुख बनाउनुपर्छ । ती दुबै कुरा सत्तारुढ नेकपा गर्न चाहेको छैन । नयाँ सभामुखको हुने भन्ने विषयमा सो पार्टीभित्र लामो छलफल र विवाद पनि चल्दै आएको छ । सोही विवादलाई टुङ्गो लगाउँदै आइतबार सो पार्टीले नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय समेत गरिसकेको छ । पार्टीले निर्णय नगर्दासम्म उपसभामुख तुम्बाहाङ्फेले निरन्तर आफ्नो दावी प्रस्तुत गर्र्दै आएकी थिइन ।

पार्टीले उम्मेदवारको टुङ्गो लगाउने कुरा थाहा पाएपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेकी थिइन् । आइतबारको भेटमा पनि उनले प्रधानमन्त्रीसँग ‘मेरो गल्ती के थियो’ भनेर सोधेकी थिइन् ।

‘एक जना चारित्रिक अपराधमा जेल जाने, मलाई सजाय हुने भयो,’ उनको भनाइ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘मैले उपसभामुख छोड्नुपर्ने कारण के हो  ? पार्टीले लिखित देओस् ।’

पार्टी सचिवालयको बैठक बस्नुृअघि बालुवाटार पुगेर नेताका अगाडि प्रश्न तेस्र्याए पनि उनको कुराको सुनुवाई भएन । अन्ततः उनी अब उपसभामुखबाट जवरजस्त विस्थापित हुनुपर्ने निश्चित भएको छ ।