अनेरास्ववियू बाँकेको संयोजकमा शाह र सह-संयोजकमा मल्ल

आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउछु – शाह

नेपालगन्ज,बाँके अनेरास्ववियुको एकता प्रक्रियाबाट बाँके जिल्ला संयोजकमा सुरेन्द्रजङ शाह र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका छन ।

संयोजक सुरेन्द्रजंग शाह (जम्बो)

अनेरास्ववियुको भर्खरै टुंगिएको एकता प्रक्रियाबाट बाँकेको संयोजकमा सुरेन्द्रजंग शाह (जम्बो) र सह संयोजकमा टेकेन्द्र मल्ल मनोनीत भएका हुन ।

सह- संयोजक टेकेन्द्र मल्ल

शाह पुर्ब अखिल क्रान्तिकारीबाट र मल्ल अनेरास्ववियुका नेता हुन । एकता प्रक्रियालेे एकपटक नयाँ जिम्मेवारी थपेको भन्दै संयोजक शाहले जिल्लामा पनि एकता प्रक्रिया छिटै टुग्याउने बताएका छन ।

उनले बाँकेेेेलेे शैक्षिक क्षेत्रमा नयाँ आन्दोलनको शुरूवात गर्ने दावी पनि गरेका छन । शाहलेे आफुलाई योग्य ठानेर जिम्मेवारी दिने सबैप्रति धन्यवाद ज्ञापन समेत गरेका छन ।