एमसिसिको प्रस्ताव संसदमा निम्तिएको अर्को विपद् हो

पछिल्लो समय राष्ट्रिय रुपमा चर्चाको बिषय बनेको छ एमसिसि अर्थात ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ बिश्वमा गरिब राष्ट्रहरुमा मपाइत्व गर्न सन् २००४ मा अमेरीकाले ‘मिलेनियम च्यालेञ्ज कर्पोरेशन’ एमसिसि नामको एजेन्सी स्थापना गर्यो। र त्यसकै बिस्तारमा उ दक्षिण एशियासम्मा पुग्यो ।

 

हिजोआज हाम्रो मुलुकको सामिजिक सञ्जालदेखि चोकचोक ,गल्लीगल्ली ,धारा पधेरामा नेतादेखि जनतासम्मले हल्लिखल्लि गरिरहेको देख्दा म अचम्मित भएक‍ छु । के हो त एमसिसि ? किन कोहि महमा टासीएको झिँगा जस्तै त कोहि हगुल्टाले कानेको कुकुर जस्तै तर्सिंनु परेको छ । बिभिन्न राजनितिक दललाई आफनो गतिलो दाउपेचका रुपमा लिनुपरेको छ ? बिषय गम्भिर छ । नेपाल र नेपाली जनताको भबिश्यका लागि यो कति जिम्मेबार छ खबुझनुपर्छ कि पर्दैन ।

कि संसदमा बिपत आएकै हो त ? कि केहि कुराक‍ो प्रस्ताव मात्र हो ? (१)धारा ३ को दफा ३-२ (च ) – सम्पूर्ण बौद्धिक सम्पतिमा अमेरिकाको पुर्ण अधिकार हुनेछ । नम्बर (२)धारा 3 को दफा ३ (८ ) क – परियोजना को लेखा परिक्षण अमेरिकी कम्पनीले मात्र गर्न सक्नेछ । नम्बर (३ ) धारा ५ को क र ख – अमेरिकी कम्पनी ले चाहेमा यो सम्झौता रद्ध गर्ने छ । नम्बर (४) धारा ७ को दफा ७ को (क )- प्रस्तुत सम्झौता लागु भएपछि प्रस्तुत सम्झौतामा उल्लेखित नेपाली राष्ट्रिय कानुन बाझिएमा प्रस्तुत सम्झौता लागू हुनेछ । नम्बर (५) अनुसुचि १ (ग) को २ – यश परियोजनामा नेपाल सरकारले राज्यका कुनैपनि निकाएलाई खटाउदा एम सिसिको अनुमति लिनु पर्नेछ । नम्बर (६) अनुससचि (४) क – नेपाल सरकारले एमसिसिलाई चित्त बुझ्ने योजना तयार पारि पठाउनु पर्नेछ र त्यस्तो योजना इन्डियाले सम्रर्थन गरेको हुनुपर्नेछ । यो के हो ? सबैलाई पढ्न त आउछ होला हैन त कि कसो ? साच्चै मेरो अाफ्नै मात्र बुझाईले आक्रोस हैन दया लागेर अाएको छ । मलाई त संसदमा यो चट्टिकला देख्दा र सहभागी अग्रजहरुको हारगुवार पोखिएको देख्दा बिपतनै आइरहेको छ हामी सबैले उद्धारमा जुट्न तयार हुनुपर्छ ।

जो कोहिले सहजै बुझ्न सक्छ र वाकलत गर्नसुक्छ संसद भबन नेपाल र नेपालीको भबिष्य निर्माण गर्ने र निर्माताको बहस गर्ने थलो ह‍ो । किनकि हजारौंको बलिदानि लाखौको योगदानि र करोडौंकोको प्ररिश्रम र मेहनेतले सृजित एक मात्र क्षेत्र हो । यहाँ सक्षम ,सबल ,कर्मठ,परिवर्तनशिल, जुझारु ,शिर्जनसिल,दक्ष , अनुभबि ,ज्ञानी र जसि ब्याक्तित्व हरुलाई घाम पानि ,हावा हुरि, बिकिरण र सितबाट जोगाएर गरिब निमुखाले छानि छानि पठाएका हुन्छन । त्यी एक छाक टार्न ध‍ौधौ हुने गरिबको पसिना र रगतबाट जन्मिएका ब्याक्तित्व ले सडकमा आएर फेरि एक पटक मेहनत गर्न गुवार मागेका हुन या कोहि संसद भित्र सामल बोकेर आएका छन भनेर जानकारि दिएका हुन यस्मा हामी दोधारमा परेका छौ । यो प्रस्ट पार्न जरुरि छ । एम सि सि गलत छ हो ? संसदमा सहि र गलत छान्न नसक्ने पनि हुनुहन्छ त ? संसदमा आएका प्रस्ताव संसदले ल्याउछन वा कोहि पाउनाले पनि ल्याउन पाउँछन् ? संसदभित्र कोहि नारद कोहि राम अनि कोहि राबण पनि छन त ? 

प्रस्ताव पास गर्न बहुमत र अल्मतले काम गर्न छोडेकै हो त ? आज जनमानसमा यी प्रश्नले खेलिरहेका छन । अच्चमित छन आजित छन ,यहाँ ताजुवमा डुबेका छन । के का लागि र कस्का लागि बहस हुदैछ ? किन हुदैछ बहस ,संसदको जिम्मेवारी दिएर पठाएका छन ।  जनताले संसदभित्र का कुरा सडकमा ल्याएर प‍ोखेर लोगप्रियता हासिल गर्ने सपना अधुरै रहन्छन अब एजेन्डामा रमझम हैन सकृय भएर काम देखाए आफै लोगप्रिय भईन्छ । यो सत्य कुरा हो । गोहिको आँसुले अबको दुनियामा कुनै अर्थ राख्ने वाला छैन । स्वाधिनताको लडाई कसरी लड्नु पर्छ भनेर आन्दोलनमा गुमेका हातका औलाले स्वस्तिक छाप लगाउनेसँग अर्ति माग्न पुगेपनि कुनै फरक पर्दैन हैन छाप हान्नु अघि सबै बुझर नै आउनु भएको छ । खुट्टा र हात कमाउन जरुरि छैन ।

६६ अर्ब एन सेलललाई दान छोड्ने ले किन ६५ अर्बमा अस्मिता लुटाउने यो पैसाले कर्णालिमा एक पुल लाग्दैन लालसो नगरे हुन्छ । बिकास धनले मात्र हैन मन पनि चाहिन्छ । यहाँ संसद बचाएर सहि नियम र कानुन बनोस् ६५ अर्ब के खर्ब एक घन्टामा दान गर्न तयार छन । स्वाभिमानी नेपाली अहिले मिडियाको दुनियामा सबैले अबलोकन गर्न सकिन्छ ।बिदेशमा पसिना बगाएर स्वदेशमा हात गुमाउनेलाई करोडौं सहयोग गर्छन । बारिमा पसिना बगाएर मृगौला ,मुटु र कलेजो पिडित लाई बिना सर्त बचाउन तयार छन आज नेपाली यो जाबो ६५ करोडका लागि किन यत्रो मरिहत्ते यो किन हुदैछ । पद कि प्रतष्ठाका लागि को हो त ? प्रस्ताबक जनताको मतले पावर फुलवाला वा उतैबाट सामलतुमल गरेर सिध‌ौ संसद छिर्नेवाला यहि आज जनता जान्न चाहान्छन र सडकमा यो कुरा मात्र आउनु पर्छ । यस्को उद्धारमा जनता खटिन तयार छन ।

संसद भित्रको दुई दिहाईमा पनि भुकम्प आएको हो या अनिदो ले च्यापि रहेको छ । कतै चिच्याट देखिन्छ कम्युनिष्ट सरकार अथवा अहिलेको दुईतिहाई सरकार असफल गर्न यो खेल खेलिदैछ यो स्वलोक हो या हरफ हो कुन संग्रह र ग्रन्थ बाट झिकिएको हो हैन भने किन रड्ने काम भैरहेको छ । बिधिले चल्ने संसदमा किन छैन दुई तिहाईको धम्कि दुईतिहाइले अस्इकार गरेर डस्बिनलाई काम दिन किन ढिलाई के दुई तिहाईको धम्कि भोट हाल्ने निमुखा जनतालाई दिनलाइ मात्र हो त ? के हुदैछ मेरो देशमा हिजो को एक मिडियामा गगन थापाले खुलेर बिरोध गर्नुभएको छ यो राष्ट्रघाति छ । कुनै हालतमा पास गर्नु हुन्न यहाँ पनि शंका छ । वहाँ दुईतिहाइ सरकार सफल गर्न कि लोगप्रियता हासिल गर्ने कित स्वाधिनताको लडाइँमा तल्लिन भएर जनता जननिको रक्षामा इमान्दारी ता प्रकट गर्नु भएको हो । यो अबस्थामा दलाल र सामल बोक्नेहरुलाई एक कुनामा राखेर स्वाधिनताको लडाइँमा पार्टी हैन सच्चा देश भक्तहरु मिलेर अगाडि बढ्नु अहिले को आबस्यकता हो ।

कि त सबै शक्ति र सबै क्षेत्रति हार गुवार सुरु गर्ने हो । अब यस्तो पनि त संका पैदा हुन्छ संकटको बेला नेपाली उखान छ छिउ आए पुर्ब हेराई लाग्छ । त्यसैले अध्यात्मक बादलाई बिस्वास गर्नै पर्ने हो त यदि यस्लाई बिस्वास गर्नेहो भने हाम्रो धर्म र सस्कृतिकोको मुटु पशुपतिमा पुजारी बिदेशि भएर स्वाधिनता माथि न‌ै प्रस्न चिन्न खडा भएको त हैन संका पैदा भएर आउछ धार्मिक भक्त बन्ने हो भने यस्तै कुराले आज खेल्ने ठाउँ पाएको छ । थुप्रै मित्रहरुले सामाजिक संजालमा आफ्ना आक्रोस पोखेको देखे यतिसम्म कि एमसिसि मुर्दाबाद १ संसदमा आएको प्रस्ताब खारेज गर १ एम सिसि प्रस्ताव धोका हो १ धन्यवाद छ सम्पुर्ण स्वाधिन मनहरुलाई माक्र्सवाद मान्ने हुनाले क्रान्तिकारी वा स्वाभाब देखाउनेलाई भगवान ठान्छु र पुजा गर्छु यहि कुरामा गर्व गर्छु किनकि देशलाई संकट जब पैदा हुन्छ सडकमा आबाज उठ्छ । यस्ले जस्तो रुप दिएपनि अखिर आब्यकता परिपुर्ति गरेक‍ हुन्छ । तर अर्को पटि मुन्टो कतिखेर निउराउनु पर्ने देखाउछ । यो परिस्थितिले जब सदन भन्दा सडकमा आवाज उठ्न थाल्छ संसदमा पैदा भएको संकटलाई लिएर त्यस बेला संसद भन्दा सडकमा स्वाभिमानि , इमान्दार , देशभक्त ,बफादार ,जुजारु,कर्मठर र प्रगतिशील छन । भन्ने कुराको महसुस आममा हुन आउछ ।

यस्ले संसदलाई मात्र हैन नेपाली राजनिती लाई नै संकटमा पारेको छ र बृतिष्णाको श्रोत बनाई दिएको छ । यस बिषयमा गम्भीर ध्यान जान जरुरि छ र बहसमा केन्द्रीकृत हुन जरुरि छ । बालुवामा पाईपको पानिले केही असर गर्दैन कित नहर बनाउनु पर्छ कित बालुवालाई माटोमा रुपान्तरण गर्ने विधि अपनाउनु पर्छ । नत्र यो संघियता ,यो गणतन्त्र र यो संविधान घाममा सुक्ने बाहेक अरु कुनै बिकल्प छैन । अहिले देशमा बहस बिदेशि लगानिको हैन राजनिति स्थिरता,गणतान्त्रिक नेपालको संस्थागत र लामो धन्द र प्राकृतिक बिपदबाट घाईते भएको मुलुकलाई ब्यबस्थापन गर्नु नै है । हतारो किन सरकार पाँच बर्ष चलाएर ग्रिन काटको पर्खाइमा हो चिन्ता किन लाईनमा हामी जनता छौ अहिल्यै छोडेर जान पाउने तपाईको मानव अधिकारले दिएकै छ ।तपाईं को बिधाईमा मन मात्र दुखाउन सक्छौ बिदाई गर्न तयार रहन्छौ दुख पीडा र मिलन बिछोडबाट कडा मुटु बनेका नेपालि हौ तर स्वाभिमान र स्वाधिनता लाई सति लैजान छुट छैन र य‍ो कोहि कसैका लागि एक रति पनि पक्षमा रहदैन यो बुझ्न जरुरि छ ।

हामि नेपाली सबै कुरा पचाउदै आएका छौ । नचाएरै राजा गुमाएका छौ ,नचाएरै मदन भन्डारि,रबिन्द्र अधिकारी ,सुशील कोइराला , गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई , गंगालाल श्रेष्ठ, महान जनयुद्धमा त हजारौं एकै चिहानमा यिनै हातले दास स्कार गरेका छौ । खाडिको चर्को गर्मि कसैले आधा जीवन त कसैले पूरा जीवन गुमाएर घर फर्केका छौ त कोहि त्यतै बसका छन । अन्तरास्ट्रिय विमान स्थलमा दैनिक हजारौको आँसु बगेको देखिन्छ । त्यसैले हामी नेपालीको चट्टान सरि मन बनाई दिएको छ ।

अब सबैले सामाधान खोज्न जरुरि छ । कोहि सति जाने त कोहि सहिद हुने संकेत छ । किनकि एमसिसि यस्ता रहेन संसद भबन भित्र आएको बिपत न‌ै हो । बिपतमा कसैले ढिलासुस्ती गर्न हुदैन । आफ्नो क्षामता अनुसारको सहयोगमा जुट्न जरुरि छ । संसद भबनलाई बचाउन अहिलेको आबस्यकता हो र हामी सबैको भलाई यसै भित्र छ । म धेरै जानन्ने र सबैभन्दा माथिबाट निर्देशन दिन खोजेको पनि हैन । अन्यथा नजाहोस् देखेको र यहि देशको एक राजनिति लठुवा भएकै कारण छताछुल्ल भएको स्वाभिमानमा आफ्नो मत मात्र राखेको छु । एमसिसि धोका हो । जय स्वाभिमान ,जय संसद भबन ।