जब करिनाले सासूलाई सोधिन् : ‘छोरी र बुहारीमा के अन्तर छ ?’

करिना कपुरको रेडियो शो ‘ह्वाट वुमन वान्ट’को दोस्रो शृंखला शुरू भएको छ । यो सिजनको पहिलो अतिथि उनकै सासू तथा चर्चित अभिनेत्री शर्मिला टैगोर बनेकी छन् । कार्यक्रमको क्रममा करिनाले शर्मिलासँग सोधिन्, ‘छोरी र बुहारीमा के अन्तर छ ?’

शर्मिलाले भनिन्, ‘छोरीसँगै तपाई पनि हुर्कनुहुन्छ । तपाईंलाई जानकारी हुन्छ कि उसँग कस्तो व्यवहार गर्नुपर्छ र उ के कुरामा रिसाउँछे अनि कसरी प्रस्तुत हुनुपर्छ । बुहारीसँग त्यतिबेला भेट हुन्छ तब उ जवान भइसकेकी हुन्छे । तपाईंलाई जानकारी हुँदैन कि उसको स्वभाव कस्तो छ । उसँग घुलमिल हुन समय लाग्छ ।

विवाहपछि जब बुहारी घरमा आउँछिन् उसलाई सहज बनाउने वातावरण मिलाउनुपर्छ,’ उनी भन्छिन्, ‘सासूससुरा नयाँ जोडीको बीचमा आउनुहुँदैन । उनीहरूलाई अगाडी बढ्न मदत गर्नुपर्छ । उनीहरूलाई एकसाथ धेरै समय बिताउन दिनुपर्छ ।’

शर्मिलाले हालै आफ्नो ७५ औं जन्मदिन मनाएकी छन् । आफ्नो जन्मदिनमा उनी पुरै परिवासँग जयपुरमा थिइन् । त्यहाँ उनको जन्मदिन मनाइएको थियो ।

करिनाको फिल्म ‘गुड न्युज’ २७ डिसेम्बरमा रिलिज हुँदैछ । अन्नपूर्ण पोस्टमा खबर छ ।