ब्राउनसुगर सहित चार जना समातिए

सुर्खेत । कर्णाली प्रदेश अन्तर्गतको दैलेखको गुराँसै गाउँपालिका–४ स्थित रानीमत्ता चेकपोस्टबाट प्रहरीले ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरेको छ ।

चन्दननाथ नगरपालिका जुम्लाका २४ वर्षीय रवीन मल्ल, २२ वर्षीय शालिकराम महत, १८ वर्षीय सौगात कार्की र राराछायाँनाथ नगरपालिका मुगुका २३ वर्षीय महेलाल साउँद पक्राउ परेका हुन् ।

डिएसपी हरिबहादुर ओलीका अनुसार शंकास्पद रूपमा भेटिएका चारै जनालाई ११ ग्राम ५० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । चारै जनालाई दैलेख जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको दैलेख प्रहरीले जनाएको छ ।