बाग्लुङमा जीप दुर्घटना, १४ जनाको मृत्यु

घाइतेको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी

गुल्मी, तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदा एक स्थानका १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार घाइतेहरुलाई उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी भइरहेको छ ।

दुर्घटनामा मृत्यु हुनेहरु नामावली

सुचना कार्की (अन्दाजी वर्ष २६)

धनबहादुर कार्की (अन्दाजी वर्ष ६५)

बसुन्धरा कार्की (अन्दाजी वर्ष ४०)

माया थापा (इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३)

भुमा कार्की (नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६०)

लक्ष्मी केसी (बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५)

सीता कार्की (इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्ष)

अनुस्का कार्की (इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्ष)

झवि कार्की (इस्मा ४ वस्ने अन्दाजी ६५ वर्ष )

महेन्द्र कार्की (इस्मा ४ बस्ने अन्दाजी ४० वर्ष)

भूमि कार्की (अन्दाजी वर्ष ४५)

मीना बस्नेत (अन्न्दाजी वर्ष २५)

तुलसी कार्की (अन्दाजी वर्ष ३०)

धनबहादुर कार्की (अन्दाजी वर्ष ६५)

त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई लिनका लागि काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको छ ।