गृह मन्त्रालयले गर्यो ५ जिल्लाका सीडीओको सरुवा

काठमाडौं, गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।मन्त्रालयले पर्सा, भक्तपुर, चितवन, मकवानपुर र लमजुङका सीडीओको सरुवा गरेको हो ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्साका सीडीओ नारायण प्रसाद शर्माालई जिल्ला प्रशासन कार्यालय चितवनमा सरुवा गरेको छ । चितवनका सीडीओ जितेन्द्र बस्नेत पर्साको सीडीओ बनेर गएका छन् ।

यस्तै, भक्तपुरका सीडीओ नारायण प्रसाद भट्टको मकवानपुरको सीडीओको रुपमा सरुवा भएको छ । मकवानपुरका सीडीओ प्रेमराज जोशीको भरतपुर महानगरपालिकाको प्रमुख प्रशाकीय अधिकृतको रुपमा चितवन सरुवा भएको छ ।

भक्तपुरमा गृह मन्त्रालयमा कार्यरत सहसचिव हुमकला पाण्डे सीडीओ भएर गएकी छन् ।

गृह मन्त्रालयले लमजुङका सीडीओ (उपसचिव) डा. जिन भट्टराईलाई अध्यागमन विभाग कालिकास्थानमा सरुवा गरेको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उपचसचिव लक्ष्मण बहादुर खड्का लमजुङको सीडीओ भएर गएका छन् ।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीका अतिरिक्त अन्य २ जना वरिष्ठ अधिकृतहरुको पनि सरुवा गरेको छ ।