शव बोकेको एम्बुलेन्स दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं। सुनसरीमा ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा ६ जनाको मृत्यु भएको छ । ट्रक र शव बोकेको एम्बुलेन्स ठोक्किँदा मृतक सबै एम्बुलेन्सका हुन् । 

गएराति करीब सवा १२ बजे सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार २८ वर्षीय राजेशकुमार दनुवार९चालक०, ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई र ३२ वर्षीय दिनेश राईको दुर्घटनामा मृत्यु भएको छ । उनीहरु सबै उदयपुरका हुन्

गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी ८५ वर्षीया शिवमाया राईको शव उदयपुर लैजाने क्रममा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।