हप्ता दिनदेखी निरन्तर घट्दै सुनको मूल्य

काठमाडौं । हप्ता दिनदेखी सुनको मूल्य निरन्तर ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बिहीबारदेखी सुनको मूल्य ओरालो लाग्न थालेको हो ।

महासंघका अनुसार गत बुधबार नेपाली बजारमा सुन प्रतितोला ७२ हजार एकसय रुपैयाँ रहेको रहेको थियो । त्यसयता सुनको मूल्य निरन्तर ओरालो लाग्न थालेको छ । मंगलबार (आज) सुन प्रतितोला ७१ हजार दुई सय रुपैयाँमा झरेको छ । साताब्यापी सुनको मूल्य गिरावटको अवस्था हेर्दा मंगलबारसम्म आइपुग्दा सुनको मूल्य नौ सय रुपैयाँ घटेको छ ।

यसैबीच महासंघले आजको लागि छापावाल सुन प्रतितोला ७१ हजार दुई सय र तेजावी सुन प्रतितोला ७० हजार नौं सय रुपैयाँ निर्धारण गरेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि निरन्तर ओरालो लागेको छ । गत बुधबार प्रतितोला ८६५ रुपैयाँ रहेको चाँदी मंगलबार सम्म आइपुग्दा प्रतितोला १५ रुपैयाँ घटेको छ । आजको लागि चाँदी प्रतितोला ८५० रुपैयाँ निर्धारण गरेको महासंघले जनाएको छ ।