छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस

गजल

इतिहासका प्रत्यक पाना पानामा प्रयोग होस
गोर्खे खुकुरी फेरि यो जमानामा प्रयोग होस ।

मेरो पनी त एउटा अन्तिम सपना बाकि छ
छिनाएर मेरो गर्धन सिमानामा प्रयोग होस ।

यदि हाम्रो तातो रगत उम्लिएकै हो भने
कलापानि बचाउने चाहानामा प्रयोग होस ।

बिदेशमा खर्चिएर बचेको त्यो उर्जा जति
फर्किएर आफ्नै घरको दलानामा प्रयोग होस ।