भारतिय दादागिरी बिरुद्ध विद्यार्थीद्धारा नेपालगन्जमा प्रद्धशन

बिध्यार्थीहरुले भने आवस्यक परे बन्दुक बोक्न तयार छौ (तस्विर सहित)

नेपालगन्ज, राष्ट्रिय स्वाधीनताको पक्षमा संयुक्त विद्यार्थी संगठनहरुले नेपालगन्ज प्रदशन गरेका छन् ।भारतिय साम्राज्यवादको ठाडो हस्तक्षेब र सिमा अतिक्रमण लगायतका भारतिय दादागिरी बिरुद्ध नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी), समाजबादी विद्यार्थी युनियन र अखिल (छैठौ) लगायतका विद्यार्थी संगठनहरुले प्रदशन गरेका हुन ।

भारतले सार्वजानीक गरेको नयाँ नक्सामा नेपालको लिपुलेक र कालापानी समावेश गराएको भन्दै बिरोध जनाएका हुन ।

भारतीय साम्राज्यवाद मुर्दाबाद, देश बेच्न पाइदैन, सिमा मिच्न पाइदैन, लुपुलेक हाम्रो हो, हाम्रो भुमि फिर्ता गर लगायतका नाराका साथ र्याली निकालेर नेपालगन्जका बिभिन्न चोक हुदै गणेशमानचोकमा पुगेर कोणसभासम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले भारतिय साम्राज्यवादको हेपाहा प्रवूति आफुहरुलाई कदापी स्विकार्य नहुने बरु यसका बिरुद्ध आवस्यक परे बन्दुक बोक्न तयार रहेको बताका छन् । उनिहरुले राष्ट्रिय स्वाधीनताको पक्षमा आफुहरु जस्तो सुकै बलिदानी गर्न तयार रहेको बताएका छन् ।

भारतिय साम्राज्यवाद्धारा देशलाई यति ठुलो संकट परेको अवस्थामा यति ठुलो सम्बेदनशिल बिषयमा राज्य आफै अभिभाबकत्वको निर्वाह गरेर समस्या समाधान गर्नुको साटो भारतिय हेपाहा प्रवृतिको बिरुद्ध बोल्नेहरुमाथि झन उल्टै दमन गर्नु र जेल हाल्नुले  राष्ट्रबादको नक्कली चरित्र उदाङ्गो भएको बताएका छन् ।

भारतले हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।

हेर्नुहोस तस्विर