समलिङगी भएकै कारण सानै उमेरमा घरबाट निकाला

काठमाण्डौ । यौनिक तथा लैङिक अल्पसङख्यकहरुले आफु समलिङगी महिला भएको कारण सानै उमेरमा घरबाट निकालीएको खुलासा गरेका छन् । मितिनी नेपालले बिहीबार आयोजना गरेको एक कार्यक्रमको अवसरमा यौनिक अल्पसङख्यकले यस्तो खुलासा गरेका हुन् । 

राज्य व्यवस्था तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिका सांसदहरुसंगको अन्तरक्रियामा आफ्नो पिडा बर्णन गदै महिला समलिङगी अपेक्षा दाहालले भनिन आफ्नो खेल्ने खाने १६ वर्षको उमेरमानै आफ्नो यौनिकताको कारण घर छोड्नु परेको कुरा व्यक्त गर्नुभएको थियो ।

दाहालले आफ्नो अनुभव बताउदै गर्दा आफ्नो फरक यौनिकताको दोषी आफु नभएको यो त जन्मजात रहने प्राकृतिक कुरालाई परिवार र समाजले स्विकार गर्न नसक्दा आफु आजको दिनसम्म पनि घर छोडेर एक्लै सङघर्ष गरीरहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीहरुले समाजका सदस्यहरुले आफुहरुलाई फरक प्रवृतिको ठान्ने गरेकोमा दुखेसो प्रकट गरेका थिए । सो क्रममा यौनिक अल्पसंख्यकहरुको पहिचान र अधिकार रक्षाको पूर्ण रुपमा उपल्ब्धी हासिल नभएपनि धेरै मात्रामा महत्वपूर्ण उपलब्धी हासिल भएको विधायन र राज्य ब्वस्थाका सांसदहरुले बताएका छन् ।

उनीहरुले यौनिक अल्पसंख्यकको विषय संविधानमै उल्लेख भएका कारण थप रक्षाका लागि संघर्ष भइनै रहेको र अझै गर्नुपर्ने र आफुहरुले सहयोग गर्ने बताए । युएन डिपिको सहयोगमा समलिङगी महिलाहरुको लागी काम गर्ने संस्था मितिनी नेपालले राजधानीमा आयोजना गरेको कार्यशालामा संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सांसद तिर्था गौतमले भने यौनिक तथा लैङिगक अल्पसङख्यक समुदायका व्यक्तिहरु प्राकृतिक हुन समाजले अप्राकृतिक भन्न नमिल्लने कुरा ब्यक्त गर्नु भयो ।

सांसद ठगेन्द्र प्रकाश पुरीले भने, यौकि अल्पसंख्यकका विषयमा मलाई धेरै जानकारी थिएन । तर यो विषय यति धेर्रै गम्भीर रहेछ भन्ने आज थाहा पाए । म आफ्नो समितिमा यस बारेमा छलफल गर्ने, यो समुदायका मानिसहरुको अधिकार रक्षाको लागी गर्नुपर्ने पहल गर्ने वाचा गर्छु । उनले संविधानको धारा १२, १८ र ४२ मा लेखिएका कुराहरु आजको दिनसम्म लागु नहुदा दुखेसो व्यक्त गर्नुभयो । 

मितिनी नेपालका अध्यक्ष लक्ष्मी घलानको सभापतित्व्मा भएको कार्यशालामा यौनिक अल्पसंख्यकहरुले आफूहरुले भोगिरहेका अनेकन समस्या सुनाएका थिए । उनीहरुले नागरिकता, सम्पति, आफ्नो नामबाट पार्टनरको थर लगायतको विषयमा सांसदहरुको ध्यानाकर्षण गराएका थिए । मिना बुढा, युटल तामाङ, सिंग बहादुर विश्वकर्मा तिर्था गौतम, हरिचरण शिवाकोटी, ठगेन्द्र प्रकाश पुरी, उदय शर्मा पौडेल, मिना पाण्डे र अम्रेश कुमार सिंह लगायतका सांसदहरुको प्रमुख उपस्थिती रहेको थियो ।

काठमाण्डौ । यौनिक तथा लैङिक अल्पसङख्यकहरुले आफु समलिङगी महिला भएको कारण सानै उमेरमा घरबाट निकालीएको खुलासा गरेका छन् । मितिनी नेपालले बिहीबार आयोजना गरेको एक कार्यक्रमको अवसरमा यौनिक अल्पसङख्यकले यस्तो खुलासा गरेका हुन् ।
राज्य व्यवस्था तथा सुशासन समिति तथा विधायन व्यवस्थापन समितिका सांसदहरुसंगको अन्तरक्रियामा आफ्नो पिडा बर्णन गदै महिला समलिङगी अपेक्षा दाहालले भनिन आफ्नो खेल्ने खाने १६ वर्षको उमेरमानै आफ्नो यौनिकताको कारण घर छोड्नु परेको कुरा व्यक्त गर्नुभएको थियो । दाहालले आफ्नो अनुभव बताउदै गर्दा आफ्नो फरक यौनिकताको दोषी आफु नभएको यो त जन्मजात रहने प्राकृतिक कुरालाई परिवार र समाजले स्विकार गर्न नसक्दा आफु आजको दिनसम्म पनि घर छोडेर एक्लै सङघर्ष गरीरहेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुले समाजका सदस्यहरुले आफुहरुलाई फरक प्रवृतिको ठान्ने गरेकोमा दुखेसो प्रकट गरेका थिए । सो क्रममा यौनिक अल्पसंख्यकहरुको पहिचान र अधिकार रक्षाको पूर्ण रुपमा उपल्ब्धी हासिल नभएपनि धेरै मात्रामा महत्वपूर्ण उपलब्धी हासिल भएको विधायन र राज्य ब्वस्थाका सांसदहरुले बताएका छन् ।