गुण्डा नाइके ‘बाघे’ स्वयम्भूबाट पक्राउ

काठमाडौं, राजधानीका विभिन्न स्थानमा गुण्डागर्दी गर्दै आएका बाघे उपनामका सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बाघेलाई बालुवा बेच्ने क्रममा ठगी गरेको अभियोगमा पक्राउ गरेको हो। महाशाखा प्रमुख एसएसपी सहकुल थापाले बाघेलाई पक्राउ गरिएको जानकारी दिए। लामालाई प्रहरीले यसअघि पनि पटक पटक पक्राउ गर्दै छाड्ने गरेको थियो।

प्रहरीका अनुसार बाघेसहित काठमाडौंको पश्चिम उत्तरी क्षेत्रमा बालुवा डिपो चलाउनेहरुलाई महानगरीय प्रहरी बृत्त बालाजु, महाराजगञ्ज र स्वयम्भूको टोलीले पक्राउ गरेको हो। उनीहरुलाई शुक्रबारै २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी महाशाखाले गरेको छ।