नहर भित्र भेटियो पुरुषको शव, हत्या गरिएको हुनसक्ने प्रहरीको आशंका

बुटवल, पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नहरमा एक पुरुष मृतवस्थामा फेला परेका छन् ।

अन्दाजी ३०र३५ वर्षका देखिने पुरुषको शव नहरमा भेटिएको प्रहरीले जनाएको छ । मृतकको अहिलेसम्म परिचय खुल्न सकेको छैन । मृतअवस्थामा भेटिएका पुरुषको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ ।

नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल समेत बरामद भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत झिकाइएको जनाइएको छ । रासस