बल्लतल्ल १५ महिनापछि मेलेसियाको रोजगारी खुल्यो

स्वास्थ्य परीक्षणको लागि पुरानै संस्था

काठमाडौं ,१५ महिनापछि मेलेसियाको रोजगारी खुलेको छ । मलेसियामा दुई देशका प्राविधिक समितिकै बैठकले गत कात्तिकमा नेपाल र मलेसियाबीच भएको सहमतिअनुसार रोजगारी खुलाउने सहमति भएको दाबी गरिएको छ।

नेपाली कामदारहरूको मुख्य श्रम गन्तव्य मुलुकका रूपमा रहँदै आएको मलेसियाको रोजगारीमा औपचारिक रूपमा १५ महिनादेखि बन्द थियो। ुदुई देशका प्रावधिक कमिटीको बैठक सकिएको छ गत कात्तिकमा भएको सहमतिअनुसार नै रोजगारी खुलाउने सहमति भएको छु मन्त्रालय स्रोतले भन्यो ।

सम्भवतस् आगामी आइतबारदेखि रोजगारी खुल्नेछु। तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्‍त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले यस विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन्। मलेसियाको वार्तताको लागि श्रम मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको टोली मलेसिया गएको छ।

तत्कालका लागि स्वास्थ्य परीक्षण गर्न पुरानै ३६ स्वास्थ्य संस्थाहरू कायम रहने भए पनि केही समयमा नै पुरानै सहमतिअनुसार व्यवस्था गरिने जनाइएको छ। स्वास्थ्य परीक्षणको लागि नेपाल सरकारले छनोट गरेका संस्थाहरूको अनुगमन गर्नका लागि मलेसियाको टोली नेपाल आउने जनाइएको छ। सरकारले १२२ संस्थालाई अनुमति दिएको छ।