मुख्यमन्त्रीले आफै चलाएर सुभारम्भ गरे पचालझरनाको एम्बुलेन्स

हेर्नुस तस्विर सहित

कालीकोट, कालीकोटको पचालझरना गाउँपालिकाले जनताको सहज सेवाका लागि एम्बुलेन्स सेवा सुरु गरेको छ । उपचारमा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सुभारम्भ गरेको हो ।

सोमबार मुख्यमन्त्रीले आफै चलाएर एम्बुलेन्सको औपचारीक सुरु गरेका छन । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले औपचारीक रुपमा गाउँपालिकालाई एम्बुलेन्सको चापी बुझाएर सेवा सुरु भएको संकेत गरेका हुन ।

दुर्गम क्षेत्रमा आकस्मिक उपचारको हुन आउने समास्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाको लागी एम्बुलेन्स सेवा सुरू गरेको गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले जानकारी दिए । 

गाउँपालीकाले जन प्रतिनिधिहरुले सेवा लिने महंगो पजेरो भन्दा गाउँपालीकाको बजेटबाट एम्बुलेन्स खरिद गरि जिल्लामा पुर्याएको हाे ।

गाउँपालकिाले १२ लाख बजेट बिनियोजन गरेपछि संघिय सरकारले राजश्व छुट दिएको थियो । एम्बुलेन्स जिल्लामा पुगे लगतै पचालझरना गाउँपालीकाका जनप्रतिनिधिहरुको चाैतर्फी प्रशंसा हुन थालेको छ ।