खुर्कोट–घुर्मी सडक बाडिपहिरोले गर्दा एक सातापछि खुल्यो

रामेछाप, मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडक एक सातापछि खुलेको छ । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि बस आउने जाने ठप्प रहेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन ।

पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिएका छन । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् । शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका इन्द्र कटेलले जानकारी दिएका छन ।

‘सडक अझै पनि जोखिमयुक्त छ,’ उनले भने, ‘सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।’
हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिएका छन ।

उनका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताएका छन ।

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताएका छन ।यता, सिद्धिचरण लोकमार्ग सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ । सडकखण्डको ठाँटीलगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिएका छन ।

सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् । । अविरल वर्षाको कारण असार २६ गते रातिदेखि पूर्ण रुपमा बन्द भएको सडक शुक्रबार बिहानदेखि खुलेको हो ।

करिब ६० किलोमिटर लामो यो सडकखण्डको धेरै ठाउँमा पहिरो खसेपछि आवागमन ठप्प बनेको थियो । सडकको विभिन्न ६ ठाउँको पहिरो पन्छाएपछि बिहीबार बेलुकादेखि एकतर्फी खुलाइएको बाटो शुक्रबार बिहानदेखि दुईतर्फी नै खुलेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिएका छन ।पहिरो पन्छाएपछि सवारी आवागमन शुरु भएको यातायात व्यवसायी दोर्जी शेर्पाले जानकारी दिएका छन । शेर्पाका अनुसार शुक्रबार आंशिक रुपमा सवारी सञ्चालन भएका छन् ।

शनिबारदेखि पूर्णरुपमा सवारी सञ्चालन गर्ने गरि टिकट दिन शुरु गरिएको दुधकुण्ड यातायात प्रालि काठमाडौं काउण्टरका इन्द्र कटेलले जानकारी दिएका छन ।सडक अझै पनि जोखिमयुक्त छ,’ उनले भने, ‘सामान कम गरेर भए पनि जसोतसो सेवा दिन थालिएको छ ।’हप्ता दिनदेखि अलपत्र परेका यात्रु गन्तब्यतर्फ प्रस्थान गर्न थालेको सोलुखुम्बु ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिएका छन ।

उनका अनुसार अहिले सवारी अवागमन शुरु भएसँगै यात्रुको चहलपहल देखिएको छ । सवारी आवागमन सञ्चालन भएपछि यात्रु खुसी भएका छन् । तर सडक जोखिम युक्त भएकाले अझै पनि राम्रो गरी मर्मत गरिनुपर्ने थुलुङदुधकोशी गाउँपालिका–६ का वडाध्यक्ष फुर्तिमान तामाङले बताएका छन ।

शुक्रबार काठमाडौँबाट मोटरसाइकलमा सोलुखुम्बु आएका अध्यक्ष तामाङले अझै केही दिन कष्टपूर्ण यात्रा गर्नुपर्ने बताएका छन ।यता, सिद्धिचरण लोकमार्ग सञ्चालनमा आउन भने केही समय लाग्ने बताइएको छ ।

सडकखण्डको ठाँटीलगायतको क्षेत्रमा खसेको ठूलो पहिरो पन्छाउने काम भइरहेकाले चाँडै सञ्चालनमा आउने उदयपुरका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले जानकारी दिएका छन ।सवारी आवागमन ठप्प हुँदा महङ्गीसमेत बढ्न थालेको छ भने तरकारी लगायतको खाद्य वस्तुसमेत पाउन छाडिएको उपभोक्ताले गुनासो गरेका छन् ।