नेपालगन्जदेखि लागे हजयात्री साउदीअरबतिर

देशको समृद्धीको लागि प्राथाना गरिने

नेपालगन्ज, बाँके साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न नेपालगन्जदेखि हजयात्रीहरु हिडेका छन । शनिबार पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन्।

हजयात्रामा निश्कना लागेका हजयात्रीले नेपालको समृद्धिका लागि प्रार्थना गर्नेसमेत बताए। उनिहरूले हज गर्न जानेले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार गर्ने धारणा राखे ।

यसबर्ष नेपालगन्जबाट कम्तिमा १२३ जना हजयात्रमा जान लागेका छन ।  साउदिअरबकाे मक्कामदिनामा गएर नेपालकाे समृद्भीकाे लागि भगवानसंग प्रथाना गर्ने हजयात्रीले जनाएका छन । चरण चरण गरि हजयात्री साउदीअरब जाने गर्दछन । 

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँले सरकारको व्यवस्थापनमा विगत आठ वर्षदेखि हज गर्नका लागि मक्कामदिना पठाउने गरेको बताएका छन ।

यस वर्ष नेपालबाट करीब एक हजार २६० जना हज गर्नका लागि मक्कामदिना जानेछन्। मुस्लिम समुदायको पवित्र तिर्थस्थलको रूपमा रहेको मक्कामदिनामा विश्वभरका लाखौँ मुस्लिम समुदाय हज गर्नका लागि जाने गर्दछन्।