बाढीले बगाएर एक महिलाको मृत्यु
प्रकासित मिति : २०७६ श्रावण १, बुधबार १७:५४
प्रकासित समय : १७:५४
संखुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ ।
स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ ।
रासस