पर्खाई

कविता

एक वफादार कुकुरले
आफ्नो प्रिय मालिकलाई
रेल स्टेसनमा जीवनभर पर्खेजस्तो,
चखेवा आफ्नी चखेविको
मृत्युवेदनाले छट्पटीएजस्तो,

तिम्रो केबल एक पर्खाइमा छटपटियको छु ।

तिमिलाई थाहा नै छ,
मानिस आफ्नो प्राणप्रती कति आसक्ती हुन्छ
जति आसक्ती आफ्नो सपनाप्रती हुन्छ ।
र म तिमिप्रती छु ।

यादहरुको चिमोट्याई मीठो  लाग्छ
मिठो त लाग्छ सुरुवाती क्षण
तर म वर्तमान देखि त्रसित छु ।
जति छैन भविष्यबाट
यो मानेमा कि हाम्रो सुदुर भविष्य सुन्दर छ ।
कम्तिमा तिमी जत्तिकै ।

पर्खाई अत्यास लाग्दो छ,
पर्खाई उदेक लाग्दो छ ।
यहाँ,
मानौँ अत्यास र उदेक हिलो हुन
तिमी कमलको फुल हौ ।