कालिकोटको पचालझरना देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थल

कालिकोट , कालिकोटको पचालझरना गाँउपालिकामा रहेको झरना ,पचाल झरनाु देशकै ६४ औँ पर्यटकीय गन्तव्य स्थानमा पर्न सफल भएको छ ।

पर्यटन मन्त्रालयले देश भरका १०० पर्यटकिय गन्तव्य स्थल मध्य कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकामा अवस्थित ुपचाल झरनाु देशकै ६४ औँ स्थानमा परेको हो । यो झरना नेपालको सवै भन्दा अग्लो झरना हो । यो नेपालको मात्र नभएर एसियाकै अग्लो झरना भएको दावी गरिएको छ । यसको लम्वाई ३८१ मिटर रहेको छ । यो भन्दा पहिले तेर्हथुमको हयातुङ् झरनाको उचाई ३६५ मिटर मात्र छ । तर हयातुङ झरनाको भन्दा यस्को उचाई १६ मिटर बढी छ ।

उक्त झरनाको यो भन्दा पहिले अौपचारिक नाप लिएको थिएन । देश संघिय संरचनामा गैसके पश्चात वनेको स्थानीय सरकाको पहलमा यस्को अौपचारिक नाप लिएको थियो । यस्को वास्तबिक उचाई पत्ता लागेसंगै यो झरना विश्वकै ३० अग्ला झरनाहरुमा परेको छ । यसको चर्चा बढे संगै झरना हेर्न आउने पर्यटकको संख्या दिन प्रतिदिन बढदो छ ।

सोमवार पचाल झरना गाउपालिकाका अध्यक्ष खडकराज सेजुवालले चौथो गाउसभा वाट आगामी बर्षको निती तथा कार्यक्रम सार्वजनिक गर्दै सवैभन्दा चुनौतीका रुपमा रहेको ुपचाल झरनाु लाई पर्यटन मन्त्रालय मार्फत पर्यटनत वोर्डमा कायम गराउने कुराले औपचारीकता प्रदान गराउदै देशभरीका १०० गन्तव्यको ६४ औ नम्बरमा पर्न सफल हुनु आफैमा गौरवको विषय भएको वताए ।थ

झरना हेर्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई मध्यनजर गर्दै सडक, होमस्टेहरु सन्चालन गरिनुका साथै झरना लाई थप प्रचारप्रसार, विकाश र व्यवस्थित गर्दै देशकै नमुना पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरिने गाउँपालिका अध्यक्ष सेजुवालले वताए ।