सांसद शान्ता चौधरीले ल्याइन ‘बी’ ग्रेड

छोरी बी प्लस ल्याएर उत्तिण

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) कि सांसद तथा सचेतक शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएर उत्तीर्ण भएकी छिन् ।

दाङको तुलसीपुर स्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी शान्ता बी ग्रेडमा उत्तीर्ण भउकी हुन् ।

२०७३ सालमा डाँडागाउँ मावी गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनी खुला विद्यालयमा भर्ना भएकी थिइन् ।

चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन् ।

यस्तै चौधरीसँगै एसईई दिएकी उनकी छोरी बिनु चौधरीले बी प्लस ल्याएर उत्तीर्ण भएकी छिन् । १७ वर्षीया छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन् ।