कालिकोटको पचाल झरना गाउँपालिकाको बजेट : २४ करोड ७ लाख ८४ हजार

नमुनायोग्य गाउँपालिकाको रुपमा स्थापित गर्ने उद्घोष

कालिकोट, कालिकोट जिल्लाको पचाल झरना गाउँपालिकाको वजेट सार्वजनिक भएको छ । गाउँपालिका उपाध्यक्ष तारा न्यौपानेले आर्थिक वर्ष २०७६/७७ को लागि करिब २६ करोड ७ लाख ८४ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी हुन् ।गाउँपालिका उपाध्यक्ष न्यौपानेेेेले मंगलबार बजेट प्रस्तु गर्दै पर्यटन, कूर्षी, शिक्षा, र स्वास्थ्य लाई मुख्य प्राथमिकता दिएको वताइन ।

गाउँपालिकाले सडक निर्माण, खानेपानीको पहुचमा बृद्धी, शिक्षा र स्वास्थ्य सेवाको सहज उपलब्धता को ब्यबस्थालाई प्रमुख प्राथमिकता दिएको प्रमुख   खडगराज सेजुवालले जानकारी दिए । यसैगरी बजेटमा सडक निर्माण विस्तार र स्तरबुद्धी गर्न २ करोड, खानेपानीको सहजताको लागी १ करोड तथा स्वास्थ्य र शिक्षाको लागि ८०/८० लाख रुपैया बिनियोजन गरिएको छ ।

अध्यक्ष सेजुवाल द्धारा प्रस्तुत बजेटको निती तथा कार्यक्रममामा देशकै १०० पर्यटकिय गन्तव्यमा पर्न सफल पचाल झरना लाई पर्यटकिय गन्तव्यको विकाश र प्रचारप्रसार गर्नेको लागी पचाल झरनाको छुट्टै गुरुयोजना वानाएर लागु गर्ने उल्लेख गरेका छन् । कूर्षिमा आधुनिकिकरण, पशुपालन लाई व्यावस्थित गरिने वताइएको छ ।

बजेटको मुख्य उदेश्य “समूद्ध पचालझरना हाम्रो चाहाना” रहेको वताए । साथै गाउँपालिकालाइ कर्णाली प्रदेशकै नमुनायोग्य गाउँपालिका स्थापित गर्ने उद्घोष गरे ।

यसैगरी सामाजिक विकाश तर्फ १५ शैयाको अस्पताल लाई अझै सुधार गर्न दरवन्दी शिर्जना गरी व्यावस्थित गर्दै लैजाने, शिक्षा तर्फ प्रत्यक वडामा सामुदायिक सिकाई केन्द्र यसै आ/ब. बाट सन्चालन गर्ने, नमुना विद्यालयको रुपमा बिकाश गर्दै लैजाने व्यावस्था गरिएको छ ।

साथै वजेटले भौतिक पुर्वाधार तर्फ सडकको स्थर उन्नती गर्ने र खयरकोट हुदै पणेक्षा, कैफजवाट, राम्नाकोट र कैफुवाट बाझकोट सडकको सुरुवात गरिने लगायतका अन्य हुलागी मार्ग, कूर्षी मार्ग, विभिन्न पर्यटन मार्गको रुपमा सुरुवात, विकाश र विस्तार गरिने व्यावस्था गरिएको छ । साथै यो आर्थिक वर्ष भित्र सबै वडामा सडक संजाल विस्तार भैसक्ने गाउँपालिका अध्यक्ष सेजुवालले वताए ।

अध्यक्ष सेजुवालले आगामी आर्थिक बर्षका लागी वजेट वित्तिय अनुदान अन्तर्गत केन्द्र सरकार बाट ८ करोड ५५ लाख, प्रदेश सरकार वाट १ करोड ५८ लाख, स्थानीय स्तरमा राजस्व संकलनबाट करिब १५ लाख, गाउँपालिकाको चालुखर्च ब्यबस्थापन गर्नको लागि केन्द्र सरकारको अनुदान बाट ५ करोड र सशर्त अनुदान बाट करिब १० करोड प्राप्त हुने कुशे न्युजलाई जानकारी दिए । पेश गरिएको वजेट चालु आर्थिक बर्षको तुलमा झण्डै २ करोड ५० लाख बढी हो ।