मदन भण्डारीदेखि प्रचण्ड,बैद्य, बिप्लवसम्म पश्चिमा रणनीति

कम्युनिस्ट एकताको खाँचो

नेपालमा प्रजातान्त्रिक आन्दोलन भएको लामो इतिहास अध्यन गर्ने हो भने हरेक परिवर्तन एनजीओकरण भएका छन । नाम जनताको हितमा राखिन्छ । ब्यवस्था र राज्यसत्ता संचालन गर्ने शासकहरु रअ र सिआइएको निर्देशनमा तोकिएको तितो इतिहास छ । हामीले गैर जिम्मेवारी ढंगले इतिहासको ब्याख्या र बर्णनले राष्ट्र र जनताको सम्बन्धमा तिक्तता पैदा गराउने बैचारिक अबधारणाको थिति निर्माण हुन्छ ।

जसले गर्दा न त राष्ट्रियता बलियो हुन्छ, न त प्रजातान्त्रिक मुल्य मान्यताको बिकास हुन्छ । त्यसैलाई इङ्गित गरेर मदनकुमार भण्डारी देखि दरबार हत्याकाण्ड प्रचण्ड बादल मोहन बैद्य र बिप्लवसम्मको राजनीति घटना र सम्भाब्य खतराको बारेमा मैले आफैं भोगेको र अध्यन गरेको छोटो चर्चा गर्न जरुरी देखिन्छ ।

नेपाली राष्ट्रियता र राष्ट्रभक्ति माथिको शृङ्खलाबद्ध हत्या 

इतिहासको गम्भीर अध्यन र जिम्मेवार नागरिक भएर अध्यन गर्ने हो भने मदनकुमार भण्डारी को हुन ? भन्ने कुरा नेपाली जनताले बुझ्न् यो जरुरी छ । कम्युनिस्ट भाब भुमिबाट राजनीति जीवन थालेका भएपनी बिपिको राष्ट्रिय आदर्शलाई बेलाबखत उद्दत चित्रण गर्ने बहुप्रतिभाशाली एक राष्ट्र भक्ती आदर्श पुरुष थिए । जतिबेला अमेरिकी तथा भारतिय गुप्तचर सस्था रअ र सिआइएले नेपालको राष्ट्रियता र प्रजातन्त्रमाथी कसरी खेलो फड्को गर्न सकिन्छ र सधैंभरी नेपाललाई राजनीति अस्थिरता राख्न सकिन्छ त्यो योजना अनुसार नेपालका राजनीति पार्टीलाई उपयोगमा ल्याउने गरेको पाइन्छ ।

पश्चिमा साम्राज्य र भारत चिनको त्रिकोनात्मक शक्ति संघर्षको कारण बिपि र राजा महेन्द्रलाई भिडाएर एकातिर प्रजातन्त्रमा फौजी “कु“हुनु र त्यसकै प्रतिफल लिपियाधुरा र कालापानी नेपालबाट बाहिर जानुको कारण र कारक समस्या मदनकुमार भण्डारीलाई थाहा थियो ।

जुन कुरामा सचेत रहेर राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउने विधि अनुसार आफ्नो राजनीति अडान राखेपछि मदन भण्डारीको साथमा बिशाल जनसमर्थन रहनु र राजासँग राष्ट्रको सम्पुर्ण शक्ति भएकोले राजा र मदन भण्डारी एक ठाउँमा रहन सक्ने र राजनीति अस्थिरताले प्रसय नपाउने र पश्चिमा साम्राज्यवादले चीन तथा एसिया घेराबन्दी गर्ने ठाउँ बनाउन सक्ने संभावना देखेपछि, अमेरिकी तथा भारतिय गुप्तचर संस्थाको योजना अनुसार मदन भण्डारीको हत्या गरिएको हो । भन्नेकुरा अनुमान् लाउन सकिन्छ ।

त्यस्तै मदन भण्डारीको हत्यापछि दरबार सचिबालयबाट हत्याको छानबिन हुनुपर्छ भन्ने अभिव्यक्ति आउनु र तत्कालीन जनयुद्धमा रहेको नेकपा माओवादीलाई समेत तपाईंहरु राष्ट्रबादी हो । शान्ती स्थिरता र बिकासको लागि सहकार्य गर्न नयाँ तरिकाले आउनुहोस् भनेर बिज्ञप्ती पठाइसकेपछी तत्कालीन माओवादी भित्रमा राजतन्त्र र जनबादी गणतन्त्र या लोकतन्त्र भन्नेबारे बहस चलेपछि दोस्रो राष्ट्रिय सम्मेलनमा एक्काइसौं सताब्दिको जनबादको बाटो अबलम्बन हुनु र त्यो प्रती बाबुरामको भिन्न मत रहनुले माओवादी र दरबार बिचको विवाद र बहस अन्तर्रा्ष्ट्रिय करण हुनुले दरबार हत्याकाण्ड घटेको तथ्य बाहिर आउन थालेको हो । 

प्रचण्डले साँस्कृतिक राजा सहितको प्रजातान्त्रिक राज्य ब्यबस्थाको परिकल्पना गरेको दस्तावेज भारतिय एसडिमुनिको डायरी बाहिरी सतहमा आएको हो । अर्को्तिर राजा बिहिन संघियता सहितको बुर्जुवा गणतन्त्र बाबुरामको लाइन त्यतिबेला देखि बाहिर आको हो । मोहन बैद्यको जनबादी गणतन्त्रको स्पष्ट खाका बाहिर आएपछि दरबारको समाप्ति र माओवादी जनयुद्धको बिसर्जनको लागी साम्राज्यवादले नयाँ रोला खेलेको हो ।

माओवादी जनयुद्धका दार्श्निक शुत्रधार मोहन बैद्यलाई समाप्त पारेपछि मात्रै माओवादी आन्दोलनको बिसर्जन गर्न सकिने निष्कर्ष अनुसार साम्राज्यवाद र भारतीय बिस्तारबादको योजनामा र प्रचण्ड, बाबुराम,बादलको स्टान्डिङ फण्डिङ अनुसार मोहन बैद्य र सिपि गजुरेललाई जेल हालियो । त्यसको लगत्तै १२ बुँदे सम्झौताको मंचन गरियो । यो सम्झौता पार्टीको कुनैपनी केन्द्रिय समितिले निर्णय नगरी प्रचण्ड र बाबुरामले गरेको स्पष्ट छ ।

१२ बुँदे सम्झौता मुलत नेपालमा राजतन्त्रको अन्त्य र माओवादी जनयुद्धको बिसर्जन बाहेक अन्य महत्त्वपूर्ण कुरा होइनन् सब मिथ्या फुलबुट्टा मात्रै हुन । भारतीय मुलुकका इरानी नागरिक जयपाल गाई र भारतका प्रभाबसाली प्राध्यापक एसडी मुनिको लेख अन्तरबार्ता बाट स्पष्ट बुझ्न् सकिन्छ ।

चुनबाङ पिलेनममा बिप्लव अल्पमतमा रहनु र बादलसँग भाबनात्मक एकताले सिङ्गो राष्ट्रिय तथा बर्गियमुक्ती आन्दोलन बिसर्जन गर्ने बाटो लिएको हो । बाबुराम र प्रचण्ड बिचमा जनयुद्ध बिसर्जन गर्ने र नगर्ने बारेमा नै बेलाबखत सतहमा आउने अन्तरबिरोधको मुल कारण यहीँ थियो ।

पश्चिमा साम्राज्य कित्तामा प्रचण्ड बाबुरामको बिलययात्रा

हरेक जनताको देशभक्ति आन्दोलन र सर्बहारा बर्गको वर्गसंघर्षलाई तहसनहस बनाउन पश्चिमा शक्तिहरुले मानव अधिकार बालबालिकाको युद्धमा प्रयोग जेनेभा सन्धिको उलंघन जस्ता मुद्दाहरूको त्रास देखाउने र मानसिक घेराबन्दीमा पार्ने काम भएको देखिन्छ । त्यतिले नसक्ने देखेपछि माओवादी जनयुद्धलाई भारत बिरोधि युद्धको जस्तो रुपदिन भारत बिरोधि सुरुङयुद्दको सुरुवात प्रचण्ड मार्फत उदघोस गर्न लगाइएका थियोे । त्यो कुनै स्वबिबेकले आएको एजेन्डा थिएन ।

सुरुङ युद्धको परिणामस्वरूप बाबुराम भारत नजीक स्थापित देखिनु र प्रचण्ड दरबारको नजिक रूपमा मात्रै थियोे । खास सबै सिआइएको ग्राइन ग्राफी थियो । बिस्तारै भारतबाट प्रचण्डले भारतिय राजनीति प्रोफेसर मार्फत आन्तरिक कुराको खुलासा पछि बाबुराम र प्रचण्डले प्रत्यक्ष भारतको उच्चस्तरीय सरकारका मान्छेलाई भेट्नु र नेपाल फर्केर मोहन बैद्य,सिपि गजुरेल लगायत दर्जनौं नेता कार्यकर्ता भारतीय जेलमा सडिरहेको अबस्थामै नेपाली जनताको लागी भारत दुश्मन होइन पश्चिमा साम्राज्यवाद नै प्रमुख दुश्मन हो । भन्नुले प्रचण्डले योजनाबद्द रुपमा जनयुद्धको बिसर्जन गराउन थालेको कुरा स्पष्ट थियोे ।

किनकि वर्गसंघर्ष गरिरहेको राजनीति पार्टीकोलागि साम्राज्यवाद तथा बिस्तारबाद दुबै कतिबेला कुन मित्रशक्ती भन्नेकुरा रहदैन । अमेरिकी झण्डा जलाउने समेत भएको थियोे । यो सब बाबुराम र प्रचण्डले एसडी मुनि र इरानी नागरिक जयपाल गाईसगँको सम्झौता र सल्लाहमा गरेको कुरा खुलेको छ । जयपाल पश्चिमा एजेन्ट थिए । भने एसडिमुनिको बारेमा भन्नै परेन त्यतिबेला मुख्यत दुइटा सर्त गरेको पाइन्छ । नम्बर एक जनयुद्धको बिधिबत अन्त्य गर्ने र नेपालबाट सदाको लागि राजतन्त्रको अन्त्य गर्ने यी दुई सर्तमा प्रचण्ड र बाबुरामले सहमति जनाएपछि बाह्रबुँदेको मन्चन गरेर शान्ती प्रक्रियाको जाल रचिएको हो ।

नेपाललाई कसरी अस्थिर राख्न सकिन्छ । भन्ने रअ र सिआइएको गुरु योजनामा जनयुद्धले स्थापित गरेका सम्पुर्ण एजेन्डा छोडेर कथित संविधान सभाको नाटकमा जातीय छेत्रीय तथा धार्मिक दन्द्धको बीउ रोपेर नेपाली जनताको कल्पना भन्दा बाहिरका बिषय बस्तुको भारी समाजमा स्थापित गरिएको हो । एकातिर राजा र राजतन्त्रबादी शक्तिलाई उहीँ बुज्रक ब्यबस्थाको विरुद्धमा लाग्न खुल्ला छोडनु र अर्को्तिर जनयुद्धको सम्पुर्ण एजेन्डा बोकेका बैद्य र बिप्लव नेतृत्वको कम्युनिस्ट पार्टीलाई बन्दुकको बलमा युद्धमा धकेल्ने कुचेस्ठा गर्नुले नेपाललाई सिरिया बनाउनेतर्फ तर्फ वलि प्रचण्डको ठूलो जत्थाले प्रयास गरिरहेका छन ।

यो योजना यो योजना भारतका विरुद्धमा बङ्गाल उत्तर प्रदेशमा बिखण्डन ल्याउने नेपालबाट तराई अलग्याउने र चिनका विरुद्धमा तिब्बतको फण्डिङ गरिएको हो । बर्तमान सरकारले इण्डो प्यासिफिकको माध्यमबाट नेपाल तेस्रो भयानक जातिय धार्मिक युद्धको दबदबहामा फसाउने र समग्र परिवर्तनकारी राजनीति शक्तिमाथी अबैध प्रतिबन्ध लगाएर जबर्जस्त बिप्लवलाइ युद्धमा धकेल्ने प्रचण्ड र बादलले गरेको जनयुद्धको सम्पुर्ण अपराध बिप्लपमाथी भिडाउने साम्राज्यबादी गुरुयोजनामा केपी प्रचण्ड र बादलले फेग इन्काउन्टरको धज्जी पिट्न सुरु गरिएको हो ।

राष्ट्रियतामाथी प्रत्यक्ष हस्तक्षेपको असफल प्रयास

पश्चिमी साम्राज्यवादले हरेक कुरालाई टेस्टिङको माध्यमबाट हस्तक्षेप गरेको देखिन्छ । उसको हरेक योजना नेपाल र नेपालीको पौराणिक मुल्यमान्यताका धरोहर सिध्याउने र आफ्नो एकतर्फी साम्राज्य कायम गर्ने देखिन्छ । मधेस बिद्रोह नेपालको भूगोल खण्डिकरन गराउने थियोे । तर त्यो असंम्भव देखिएपछि सिके रावतलाई खुलमखुला प्रयोगमा ल्याएको थियो । त्योपनी सिआइएको नजर अन्दाजमा असफल देखेपछि सरकारलाइ नै प्रयोगमा ल्याएर नागरिकता बिध्ययक पास नगरि गृहमन्त्रीको ठाडो आदेशमा नागरिकता बितरण गर्न लगाइयो ।

यो पनि सायद उस्ले असफल देखिसकेको छ । तर सरकारको प्रसासनलाइ प्रयोग गरेर भएपनी नेपालको तराईको भुभाग ब्यालेटको माध्यमबाट खन्डिकृत गर्ने रणनीतिमा छ । अर्को्तिर सरकारले जतिसुकै होइन भनेपछि पनि इन्डो प्यासिफिकलाई स्थापी गराउन र नेपालीको सम्पुर्ण मुल्यमान्यतालाई सकेर नेपाल र नेपालीको बिरासत सम्पत्ति नामेट गर्ने पश्चिमा रणनीति चाख हो ।

संयम दमनको बुद्धिमत्ता प्रयोग र कम्युनिस्ट एकताको खाँचो

माक्र्सवादीहरुले माक्र्सवादका तीन संगठनका अंगमध्य वर्गसंघर्ष शसस्त्र संघर्ष र सर्बहारा बर्गको अधिनायकत्वको महत्वपुर्ण महत्वलार्ई भुलेर नेपाली कम्युनिस्ट नेतृत्वले बाहिरी दुषित सिद्धान्तबाट प्रभावित हुनुलाई नै वैदेशिक चलखेल गर्ने अबसर पाएका हुन । नेपाली भाब भुमिमा बैज्ञानिक समाजबादको स्थापना गर्नको लागि समग्र समस्याको शंस्लेषण र हलको बिधिबाट सम्भब छ । भन्नेकुरा परिवर्तनकारी कम्युनिस्टको काँधमा आएको छ । यो अबस्थामा राष्ट्रमा तिन किसमका समस्या देखापरेको स्पष्ट छ ।

एउटा राज्यको चरम अराजक भ्रष्टाचार र राष्ट्रघातको सिडिमा चडेर सस्तो लोकप्रियताको ब्यापार गरेर पुरानो शक्तिलाइ पुनरावृत्ति गराउने । त्यो दक्षिणी फन्ड आरसिआर संस्थापन गुप्तचर बिभाग बाट संचालित छ । दोस्रो बर्तमान राज्य ब्यबस्थालाई राज्यको सम्पुर्ण शक्ति प्रयोग गरेर निरंकुस फासिबादी चरीत्रको सरकार टिकाइ राख्ने त्यो सिआइएको एसियायी मुलुकहरूलाई घेराभित्र राखिराख्ने र नेपाल अस्थिर बनाउने पश्चिमा शक्ति ।

तेस्रो रअको र सयुक्त चलखेल कम्युनिस्ट ब्यबस्था गलत हो ।  यसको काम छैन भनेर अनभिजनरियन शक्तिलाई खेलमैदानमा नथाक्दासम्म अनावश्यक बखेडा झिक्न लगाउने र बेलाबेलामा राष्ट्रियतालाई खतरामा पार्ने शक्ति निर्माण गरिएको छ । यो अबस्थामा राष्ट्रियता,जनतन्त्र र जनजिबिकाको समग्र समस्याको नेतृत्व गर्न र जनताको बीचमा असली कम्युनिस्ट घटक शक्तिहरुले बुझ्न जरुरी छ ।

बिदेशी दलाल भुमाफियाहरुले जसरी प्रतिबन्धको नाममा फेग दोहोरो भिडन्तको प्रचार साम्राज्यको मिडिया बाजि हुदैछ । मानव लासमाथी राजनीति रणनीति लक्ष्य पुरागर्ने बिदेशी चाल बुझेर बुद्धिमत्ता र जिम्मेवार समयमताको खाचो हो । साम्राज्यवाद तथा बिस्तारबादिहरुले राष्ट्र भक्ती आन्दोलनमा लागेका हरेकलाई गोलि हान्ने जेल हाल्ने र आत्मसमर्पणको बाटो अपनाउने गर्नेछन त्यसैको परिणाम पात्र कुमार पौडेल हुन ।