गुठी विधेयकमा आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने : प्रधानमन्त्री ओली

भूलवश गल्ती भए सच्याउछौं

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भएका भए  सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने समेत बताए ।

‘सरकार जनतालाई दुखी बनाउन चाहदैन । खुसी भएको हेर्न चाहन्छ । एउटा धरोहरमात्रै नभई सम्पदा भएको बताए ।
‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन ।’

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए । उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए ।प्रधानमन्त्रीकाे टाेलीलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पाेखरेल, सभामुख कृष्णबहादुर महरालगतायत पुगेका थिए ।