अब प्रदेश स्तरमा पनि कांग्रेसले छायाँ सरकार बनाउने

हेटौंडा ,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रदेश स्तरमा पनि छायाँ सरकार बनाउने बताएका छन। शनिबार हेटौंडामा भएको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले संघीय सरकारको कामको नियमन गर्न बनाएको छायाँ सरकार जसरी नै प्रदेश सरकारको नियमन गर्न छायाँ सरकार बनाउनुपर्ने धाराणा व्यक्त गरेका हुन्।

यस्तै प्रवक्ता शर्माले संघिय सांसदलाई दिने भनेका ६ करोड रुपैयाँ प्रति कांग्रेसले नीतिगत रुपमा असहमति जनाएको बताए। उनले कार्यपालिकाले व्यवस्थापिकालाई फकउान उपहार दिनु नपर्ने भन्दै ल्यापटप दिएर सांसदहरुको अपमान गरेको समेत बताएका छन्।

संविधान सभा सदस्यलाई दिएको पदकको विषयमा पनि नेपाली कांग्रेसले छिट्टै निर्णय गर्ने भन्दै जनताको तर्फबाट गरेको योगदान स्वरुप उपहार दिने परिपाटी गलत भएको प्रष्ट पारेका छन्। उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारले आफ्नो अधिकार ग्रहण गर्न नसकेको समेत बताए। यस्तै नेपाल सांस्कृतिक संघको दुुई दिने भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

१५ बुँदे घोषणा पत्र सहित भेला सम्पन भएको संघका केन्द्रीय सभापति तिर्थ थापाले बताए। संघको घोषणा पत्रमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा नेपाल सांस्कृतिक संघलाई भातृ संगठन बनाउन पहल गर्ने लगायत रहेका छन्।