भारतीय बायुसेनाको बिमान दुर्घटना ,१३ जना सैनिकको मृत्युु

एजेन्सी, भारतीय बायु सेनाकाे बिमान दुर्घटना हुदा १३ जना सैनिकको मृत्यु भएको छ ।
भारतीय वायु सेनाले एएन ३२ विमानमा सवार सबै १३ जना सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन ।

उक्त विमान ३ जुनमा असामको जोरहाटबाट उडान सुरु भएको केहीबेरमा सम्पर्क विच्छेद भएको थियो ।

३ जुनदेखि नै खोजी कार्यमा लागेको भारतीय वायु सेनाले ११ जुनमा अरुणाचल प्रदेशको सियाङ जिल्लामा दुर्घटना भएको पत्ता लगाएको थियो ।

दुर्घटना भएको विमान भेटिएपछि पनि त्यसमा सवार यात्रुबारे वायु सेनाले केही बताएको थिएन । तर बिहीबार भने भारतीय वायु सेनाले सबै सैनिकको मृत्यु भएको पुष्टि गरेको हो ।