धनुषाघाम नगरपालिकाको वडा कार्यालयमा प्रेसरकुकर बम विस्पोट

काठमाडौँ, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।

 बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।  बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । 

घटना कसले र किन गर्यौ अझै खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन ।