नरभक्षी माछा भएको ट्यांकीमा खसालेर सेनापतिलाई मृत्युदण्ड !

उत्तर कोरिया ,उत्तर कोरियाली नेत किम जोंग उनले पिरान्हा माछाले भरिएको ट्याङ्कीमा एक सेनापतिलाई फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले प्रायत: स-साना स्तनधारी जीवलाई खान्छ । यद्दपी यसले मान्छेलाई समेत खाने गर्छ भन्ने गरिन्छ ।

डेली स्टारको खबर अनुसार सेनापतीलाई किमको आवासभित्रै बनेको पिरान्हाले भरिएको माछाको ट्याङ्कीमा फ्याँकिएको हो । ती सेनापतिमाथि सत्ता पलटको कोसिसको आरोप लगाइएको थियो ।

सजायको यो तरिका सन् १९७७ मा रिलिज भएको जेम्स बन्डको फिल्म ‘द स्पाइ हु लभ्ड मी’ बाट प्रेरित भएको बताइन्छ ।सेनापतिलाई ट्याङ्कीमा फ्याँक्नु अघि उनको दुई वटै हात काटिएको पनि डेली स्टारले बताएको छ । सेनापतिलाई माछाले मार्‍यो वा उनको मृत्यु घाउका कारण वा डुबेर भएको भन्ने कुनै स्पष्ट जानकारी भने छैन ।

उक्त ट्याङ्कीमा ब्राजिलबाट ल्याइएका सयौं पिरान्हा रहेको बताइन्छ । पिरान्हा माछाको मूल थलो भने दक्षिण अमेरिकी जलाशयहरु हो ।