पचालझरना गाउँपालिकाले ‘समिपुरा स्मृति कप’को आयोजना गर्ने

गाउँपालिका द्धारा ५ लाखको अक्षयकोष खडा

कालिकोट, गएको मंगलवार कालिकोट जिल्ला पचालझरना गाउपालिका वडा नं ५ पञ्चकालीका माध्यमिक बिधालयमा SEE को नतिजाको पर्खाइमा बसेकी समिपुरा वोडेको कर्णाली नदिमा डुवेर निधन भयो ।

ज्याब्लिङ थ्रो र सटफुटको खेलाडी भएकि समिपुरा ११ अौ जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागी गाउपालिकावाट छनोटमा परेकी थिइन । त्यसैमा भाग लिनको लागी भन्दै गाउपालिकामै खेलको तयारी गरिरहेकी डोवेको कर्णाली नदिमा पौडी खेल्ने क्रममा ढुवेर मूत्यु भयो ।

पलाँता गाउपालिकामा सुरुभएको ‘जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता तथा पलाँता खेलकुद तथा पर्यटन महोत्सव २०७६’ को उदघाटन कार्यक्रममा सम्वोधनका क्रममा गाँउपालिका अध्यक्ष खडगराज सेजुवालले भावुक हुदै उनको राष्ट्रपति रनिङ सिल्टमा खेल्ने सपना अधुरै रहेको प्रति दुख व्यक्त गरे । समिपुराको मूत्युले पचाल झरना गाँउपालिका मात्र नभएर समग्र कालिकोट जिल्लाको खेलकुद जगतले महत्वपुर्ण सम्भावना वोकेको खेलाडी गुमायको वताए । उनको मूत्युले सिङ्गो पचाल झरना गाउँपालिकानै स्तव्ध भयाे ।

यसैगरी पचालझरना गाउँपालीकाले उनको स्मृतिमा ‘समिपुरा कप’ को आयोजना गर्ने भएको छ । गाउपालीकाले यसको लागी ५ लाख अक्षकोष खडा गरेको गाउँपालीकाका अध्यक्ष सेजुवाले बताए ।

२ लाख रुपैयामा समिपुरा स्मृति कप आयोजना गरिने र ३ लाख समिपुराको परीवारलाई राहत प्रदान गरीने अध्यक्ष सेजुवाले वताए । साथै रु १ लाख रुपैया कर्णाली प्रदेश सरकारले समिपुराको परिवारलाई सहयोग गर्ने पनि जानकारी दिए । जिल्ला स्तरिय राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिता आईतवार सकिदैछ ।

गयको १४ गते मंगलबार नदिमा ढुवेर वेपत्ता भएकी डोवेको शनिवार साझ चार दिन पछी मात्र सव भेटियो । उनको सव आईतवार मात्रै पोस्टमाटम गरिने वताईएको छ ।